
पोखरा ६,माघ / एमाओवादी सहित ३६ दलले आयोजना गरेको नेपाल बन्दले पोखरा बजार ठप्प रहेतापनि पोखराको अमरसिंह चौरमा जारी रहेको पोखरा महोत्सवमा भने दर्शकको भीड लाग्यो । युनाइटेड क्लव पोखराले आयोजना गरेको पांचौ संस्करणको पोखरा महोत्सवको सातौ दिन एमाओवादी सहितको विभिन्न राजनैतिकदलहरुले बन्दको आब्ह्वान गरिरहदा पोखरा महोत्सवमा भने दर्शकहरुको भीड थामिसक्नु थियो ।
चोक चोकमा बन्दकर्ताहरु भेला भइ बन्दको समर्थन गरिरहदा महोत्सवमा जानका लागी मानिसहरु पृथ्वीचोक, महेन्द्रपुल, चाउथेचोक, काजीपोखरी लगायतका क्षेत्रबाट लामबद्ध रुपमा अमरसिंहचोकतर्फ अगाडी वढेको देखिन्थ्यो । मंगलवार मात्रै ३० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सव प्रचार प्रसार समिति संयोजक लालकाजी गुरुङले जानकारी दिए । दर्शकको चाप संगै महोत्सवमा मंगलवार मात्रै २ करोडको कारोवार भएको छ ।
शिक्षा,स्वास्थ्य,खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी प्रत्येक क्षेत्रमा २० प्रतिशत रकम छुट्याउदै आएको र यसवर्षदेखि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणका लागी छुट्याइने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय ओटा स्ट्रल छन् । महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री रहेका छन् । महोत्सवको नेपाल शालिमार सिमेन्पटिले मुख्य प्रायोजक गरेको छ भने जिल्ला विकास समिति कास्की र सिजी हार्डवेयर एण्ड सप्लायर्स विशेष सहयोगी रहेका छन् ।
महोत्सवमा मंगलवार झांकी प्रतियोगिता तर्फ लम्जुङ पोजको समाज पोखरा (दुरा), नेपाल दैविक शक्ति संघ रामघाट पोखरा १०, नौमती बाजा छिनेडांडा पोखरा १८ को पञ्चेबाजा, लाखेनाच गौडाको मुख कुँडहर १३ को नेवारी संस्कृतिले आफ्नो संस्कृति झल्कने संस्कृति प्रस्तुत गरेका थिएभने पप तथा लाइभ कन्सर्ट तर्फ आश्था रावत र स्थानिय लोकल ब्याण्डको प्रस्तुती बाट युवाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी लोकदोहोरी तर्फ राष्ट्रिय कलाकारहरु विष्णु खत्री, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जीवन दाहाल, पार्वती जिसी, ज्योति लोहोनी, राजन कार्की, जय कुमार परियार, मञ्जु बिक, राजेन्द्र सापकोटा लगायतले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
बुधबार पप तथा कन्सर्ट तर्फ अनुप्रस्था र स्थानिय लोकल ब्याण्डहरुको प्रस्तुती रहनेछभने आदर्श आमा समुह ढुंगे सांघु पोखरा १५ को राधाकृष्ण झांकी, बांझापाटन तमु समाजको तमु छाडु नाच, माछापुच्छ«े नौमती पञ्चेबाजा छिनेडांडा पोखरा १८ र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय रामबजारको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यसैगरी लोक दोहोरी तर्फ कोमल वली, प्रजापती पराजुली, चोलेन्द्र पौडेल, जीवन दहाल, शिवहरी ढुंगाना,तारापति सुवेदी, सरला पाण्डे, ईन्द्रा गुरुङ, कृष्ण अख्रेली, विजय केसी लगायतको प्रस्तुुती रहने आयोजकले जनाएको छ ।

