
काठमाडौं, ७ माघ–
नामिबियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आज नेपालले घरेलु टीमसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले राउन्ड रोबिन लिगको आफ्नो चौथो खेल नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नामिबियाले लिगमा खेलेका तीनवटै खेल जितेको छ । नामिबियाले पहिलो खेलमा केन्या र दोस्रो खेलमा युगान्डालाई हराएको थियो । नामिबियाले हिजो बलियो मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो ।
नेपाली टोलीले नामिबियालाई हराउन सके नेपाललाई डिभिजन एकमा पुग्न सजिलो हुनेछ । नेपाली टोलीले मंगलबार बलियो प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको थियो ।
कमेन्ट गर्नुहोस्
