एजेन्सी साना, माघ ७ /यमनका राष्ट्रपति अब्रदाबु मन्सुर हादीको निजी निवासमा बुधबार विद्रोही प्रवेश गरेका छन्। विद्रोहीले राष्ट्रपति को घरमा रहेको सेन्ट्री पोस्ट खाली गरेका छन्।
विद्रोहीका एक सदस्य मोहम्मद अल बुखादीले समाचार संस्था रोयटर्सलाई राष्ट्रपति घर भित्रै रहेको र विद्रोहीले उनलाई बाहिर जान नरोक्ने बताए। राष्ट्रपति हादीलाई सत्ताच्यूत गर्न यमनमा केही दिनदेखि हुथी विद्रोहीले हिंसात्मक आन्दोलन गरिरहेका छन्।
कमेन्ट गर्नुहोस्
