
पोखरा, ८ माघ-
पोखराको अमरसिंह चौरमा जारी पाँचौ पोखरा महोत्सव दुई दिन थप भएको छ ।
दर्शकको चापलाई मध्यनजर गर्दै आयोजक पोखरा युनाइटेड क्लवले आज महोत्सव टुङ्गयाउने भनेपनि १० गतेसम्मका लागि थप गरेको हो ।
दर्शकको उत्साहजनक सहभागिता भएपछि, समय थप गरिएको महोत्सव प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ रामजी खांड, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जीवन दाहाल, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, कुमार पुन, सरस्वती लामिछाने, शरला पाण्डे, चन्द्रा कार्की लगायतको प्रस्तुती रहनेछ ।
यसैगरी, ब्याण्डतर्फ निमा रुम्बा तथा स्थानिय लोकल ब्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
