
माघ ८ गते-
सुरक्षा चेकजाँचकैबीच संविधानसभाको बैठक कक्षमा खुर्सानीको १० पोका धुलो भेटिएको छ ।
संविधानसभाको बैठक बस्नुअघि सुरक्षा जाँच गर्नेक्रममा विभिन्न स्थानमा खुर्सानीका धुलो फेला परेको हो ।
तीन नम्बर गेट बन्द गरिएको छ भने दुई नम्बरको मूल गेटबाट प्रवेश गराई सभासदसहित सबैलाई गाडीबाट ओरालेर शरीर खानतलासि गरिएको छ ।
सत्तापक्षले जसरी पनि प्रक्रियामा जानुपर्ने र प्रतिपक्षले त्यसलाई असफल पार्ने रणनीति सार्वजनिक गरिरहँदा सुरक्षाव्यवस्था कडा पारिएको हो ।
अरुबेला ९२ जना सुरक्षाकर्मी संविधानसभा भवनभित्र हुने गरेकोमा आज २ सय ५० जना सुरक्षाकर्मी खटाइएको छ ।
यस्तै, संविधानसभा भवन बाहिरको क्षेत्रमा पनि दिनभर धर्ना, जुलुस र प्रदर्शनको कार्यक्रम भएकाले सुरक्षाकर्मी थप गरिएको छ । विशेषगरी बानेश्वर, माइतीघर आसपासको क्षेत्रमा सुरक्षाव्यवस्था कडा पारिएको छ ।
काठमाडौं सहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रवक्ता माधवप्रसाद जोशीले जानकारी दिए ।
