पोखरामा नङको श्रृंगार बुझाउन सेमिनार हुने

Share:

रेम बिक /पोखरा, ८ माघ | नङको श्रृंगार सम्बन्धि जानकारी दिने उद्देश्यले पोखरामा नेल आर्ट सेमिनार हुने भएको छ । पोखरामा भर्खरै मात्र शाखा विस्तार गरेको काठमाण्डौको जंगस्ट्रोङ नेल आर्टले माघ १० गते नेल आर्ट सेमिनार गर्ने भएको हो ।

nail artपोखरामा नङ श्रृंगारको प्रशस्तै संभावना देखेपछि यहाँका युवापुस्तालाई आकर्षित गर्न यस्तो सेमिनार गर्न लागेको विहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै कम्पनीले जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघमा हुने एक दिने सेमिनारमा सहभागिताका लागि उसले सबैलाई आह्वान समेत गरेको छ । यूरोपियन मुलुकमा प्रख्यात नेल आर्टको बारेमा जानकारी दिनुसँगै यहाँका युवापुस्तालाई यो कला सिकाएर आत्मनिर्भर बनाउनु कम्पनीको उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

“हामीले खासगरि पोखरेलीमा सुन्दरतासम्बन्धि चासो निकै देख्यौँ ।” पत्रकार सम्मेलनमा सेमिनारको बारेमा जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनीलजंग मल्लले भने– “यहाँको मार्केटलाई बुझेर हामीले नेल आर्ट कम्पनी खोलेका हौँ ।” मल्लका अनुसार कम्पनीले यहाँ एकेडेमिक हिसाबले नेल आर्ट सिकाउने काम पनि गर्नेछ ।

युवा स्वरोजगारिता निर्माणमा पनि कम्पनीले हात बढाएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । विशेषगरि युवापुस्ता लक्षित एकेडेमिक कोर्ष विभिन्न तहको हुने उनले जानकारी दिए । बेसिक, डिप्लोमा, मास्टर्स कोर्ष दिईने र ती सबै कोर्षहरु अन्तराष्ट्रियस्तरमा मान्य हुने उनले पत्रकार सम्मेलनमा दाबी गरे । पोखरामा शाखा विस्तार गरेको जंगस्ट्रोङ नेल आर्टले काठमाण्डौमा दुई ठाउँसहित चितवनमा समेत शाखा विस्तार गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: