साउदीका राजाको निधन

Share:

माघ ९ – साउदी अरेवियाका राजा अब्दुल्लाह बिन अब्दिलाजिजको निधन भएको छ । राजा अब्दुल्लाहको अस्पतालमा निधन भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । फोक्सोमा संक्रमण भएपछि केही हप्ताअघि अस्पताल भर्ना भएका ९० वर्षिय उहाँकोशुक्रबार विहान निधन भएको औपचारिक घोषणा गरिएको बिबिसीले जनाएको छ ।

सन् २००५ मा सत्तामा आएका अब्दुल्लाहको केही वर्ष अघिदेखि नै स्वास्थ्यमा समस्या देखिएको थियो । अब्दुल्लाहकाको निधन पछि उनका ७९ वर्षिय सौतेनी भाइ सलमान अब्दिलाजिजलाई नयाँ राजा घोषणा गरिएको छ ।

राजा अब्दुल्लाहलाई साउदी अरबमा सुधारवादी राजा भनेर चिनिन्छ । उनले चुनावमा महिलालाई मताधिकार प्रयोग गर्न सकिने अधिकारको व्यवस्था गर्नुका साथै प्रहरी प्रशासनमा पनि सुधार गर्को बिबिसीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: