
काठमाडौं, माघ ९ । थाइल्यान्डका पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रामाथि चामल अनुदानमा भ्रष्टाचार गरेको अभियोग लागेको छ । थाइल्यान्डको महान्यायधीवक्ताको कार्यालयले जनाएअनुसार विवादास्पद रहेको चामलको अनुदानमा यिङलक सिनावात्राले लाखौंको भ्रष्टाचार गरेको पाइएको छ ।
थाइल्यान्डको प्रधानमन्त्री पदमा रहँदा बजारको मूल्यभन्दा कृषकसँगै उच्च मूल्यमा चामल खरिद गरी भ्रष्टाचार गरेको अभियोग उनीमाथि लगाइएको हो । यो अभियोग प्रमाणित भएमा उनलाई १० वर्षसम्मको सजाय हुने र पाँच वर्षसम्मका लागि राजनीतिबाट बन्चित गराइने छ ।
उनीमाथिको अभियोग राजनीति प्रेरित भएको भन्दै उनका समर्थकहरुले आलोचना गरेका छन् । थाइल्यान्डमा प्रधानमन्त्री पदमा रहँदा उनको विरोधमा देशभर व्यापक प्रदर्शन भएपछि सन् २०१४ को मेमा उनलाई सत्ताबाट हटाइ सेनाले ‘कू’ गरी शासन आफनो हातमा लिएको थियो । (एजेन्सी

