पाँचौ पोखरा महोत्सव सम्पन्न, २ लाख बढि दर्शक र १२ करोड बढिको कारोबार

Share:

पोखरा, १० माघ / पोखरामा पर्यटन प्रवद्र्धनका नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ अगाडी वढेको युनाइटेड क्लव पोखराले आयोजना गरेको पांचौ संस्करणको पोखरा महोत्सव सम्पन्न भएको छ ।

पुस ३० देखि शुरु भएको महोत्सवको समापन गर्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताए ।  पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी पहलकदमी चाल्दै आएको युनाइटेड क्लवको महोत्सवले मुख्यत चिडियाखाना निर्माणलाई जोड दिन समेत उनले आग्रह गरे ।

पोखराको समग्र बिकासका लागी आफ्नो पहलमा विभिन्न १० वटा समितीहरु निर्माण गरिसकेको र युनाइटेड क्लवलाई चिडियाखाना निर्माण गर्ने जिम्मा परेकाले त्यसलाई भोलीदेखिनै काम शुरु गर्न समेत क्लवका अध्यक्ष हिमालय बख्रेललाई आग्रह गरे ।  पोखराको समृद्ध बिकासको काममा समिति निर्माण गरेर काम अगाडी वढाइरहदा केही ब्याक्तिहरुले बिरोध गरिरहेको वताउदै क्षेत्रिय प्रशासक थपलियाले पोखराको बिकासमा कोही कसैले बाधा उत्पन्न गराउनु गलत काम भएको वताए । त्यस्ता ब्याक्तिले पोखराको बिकास विरोधी काम गर्दा पोखराको विकास पछाडि पर्ने भएकाले त्यस्ता ब्याक्तिको कुरा नसुन्न समेत समितिका ब्याक्तिहरुलाई उनले आग्रह गरे । पर्यटन प्रवद्र्धनका साथै महोत्सवले आन्तरिक व्यापारलाई पनि प्रवद्र्धन गर्न सफल भएको उनको भनाइ रहेको थियो  ।

स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले पोखरा क्षेत्रमा आयोजना हुने मेला महोत्सवले यस क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन सफल भएको बताए । पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संजिबबहादुर कोइरालाले निजी क्षेत्र र स्थानीयस्तरबाट मेला महोत्सव आयोजना हुनु सकारात्मक भएको बताए । महोत्सवका प्रायोजक शालिमार सिमेन्टका प्रतिनिधी बालकुमार श्रेष्ठले व्यापार प्रवद्र्धनमा मेला सहयोगी हुने बताउदै युनाइटेड क्लवले पर्यटकीय शहर पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने अभियानको स्रहना गर्दै त्यसका लागी आफुहरुको तर्फबाट समेत सहयोेग हुने वताए ।

पोखराको अमरसिंह चौरमा आयोजना भएको महोत्सव माघ ८ गतेसम्म जारी रहने बताइएपनि दुई दिन थप भएको थियो । महोत्सवबाट भएको आम्दानी विगतका वर्षहरुमा जस्तै सामाजिक क्षेत्रमा खर्च गरिने क्लबका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । युनाइटेड क्लव पोखरामा चिडियाखाना निर्माणको अभियानमा निरन्तर लागी परिरहेको वताउदै महोत्सव सम्पन्न हुना साथ यो कामलाई अगाडी वढाउने समेत उनले वताए । महोत्सवबाट संकलित आम्दानी मध्ये शिक्षा, स्वास्थ्य, खेलकुद र चिडियाखाना निर्माणका लागि २०÷२० प्रतिशत रकम छुट्याइने उनले बताए ।

महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय स्ट्रल राखिएका थिए । महोत्सवमा विविध मनोरञ्जनात्मक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, , पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री गरिएको थियो ।  महोत्सवको नेपाल शालिमार सिमेन्टले मुख्य प्रायोजक गरेको थियो भने जिल्ला विकास समिति कास्की र सिजी हार्डवेयर एण्ड सप्लायर्सले विशेष सहयोग गरेको थिए ।

यसैबिच आयोजकले अपेक्षा गरेअनुसार महोत्सव सफल भएको छ । महोत्सव अवधिभर दुई लाख २३ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छनभने १२ करोड १० लाख वरावरको कारोबार भएको महोत्सव प्रचारप्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए । महोत्सवको अन्तिम दिनमात्र ३५ हजार दर्शकले अवलोकन गरेका थिएभने साढे २ करोडको ब्यापार भएको थियो । आयोजकले अपेक्षा गरेको भन्दा वढी दर्शक र कारोबार सम्पन्न भएको समेत प्रचार प्रसार संयोजक गुरुङले वताए । महोत्सव सम्पन्न गर्नका लागी सहयोग गर्ने सम्पुर्ण संघ संस्था, सुरक्षा निकाय , संचारकर्मी, विभिन्न निकायमा ब्याक्ति संचारकर्मी तथा महोत्सव सञ्चालनका लागी जग्गा प्रदान गर्ने अमरसिंह नमुना उच्च मावि प्रति समेत  आयोजकले आभार प्रकट गरेको छ ।

पांचौ संस्करणको पोखरा महोत्सवमा आयोजित झांकी प्रतियोगितामा रामबजार ल्याम्ह पुचः राम बजारले पहिलो स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा सहभागी ११ टोलीलाई पछाडि पार्दै ल्याम्ह पुचःले ४० हजार नगद पुरस्कार हात पा¥यो । त्यसैगरी लम्जुङ समाज रामबजार १५ ले द्धितिय स्थान हासिल गर्दै २५ हजार नगद हात पार्न सफल भयो । प्रतियोगितामा बालगोपाल सेवा समिति गौडामुख १३ ले तृतिय स्थान संगै १५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भयोभने  सिद्धेश्वर भजन मण्डल ढुङगेसांघु १५ र बाझापाटन तमु समाज बाझापाटन १३ ले सान्तवना स्थान हासिल गर्दै जनही १५ सय नगद पुरस्कार प्राप्त गर्न सफल भए ।

११ दिन सम्म जारी रहेको महोत्सवको प्रत्येक दिन लोक दोहोरी तर्फ राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुले दर्शकहरुलाई लोकदोहोरी मार्फत मनोरञ्जन प्रदान गरेका थिएभने पप ब्याण्ड तथा लाईभ कन्सर्टतर्फ समेत ख्याति प्राप्त ब्याण्ड तथा लोकल ब्याण्डहरुले वेलुकाको समयमा युवा युवतीलाई पप कन्सर्टको माध्यामबाट मनोरञ्जन प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: