पोखरा जेसीजको साधारणसभा नं. १

Share:

रञ्जन अधिकारी पोखरा, १० माघ / युवाहरुलाई संगठित गर्दै पोखरामा ४० वर्षदेखि नेतृत्व तथा व्यक्तित्व विकासका लागि क्रियाशील अग्रणी सामाजिक संस्था पोखरा जेसीजले शनिबार वर्ष २०१५ को प्रथम साधारणसभा सम्पन्न गरेको छ ।

अध्यक्ष छवि सवेदीको अध्यक्षतामा भएको कार्यक्रममा साधारणसभा नं. १ का विभिन्न प्रस्तावित विषयहरु छलफल पश्चात् पारित गरिएको थियो भने सदस्यहरुको विमति रहेका प्रस्ताव पुनः संयोजकले सुधार गर्ने गरी फर्काईएको महासचिव शालिकराम गिरीले जानकारी दिए ।

10922812_917288448302586_5035743345818349874_n

सो अवसरमा नयाँ सदस्यहरुलाई सपथ ग्रहण, पिन वितरणका साथ बधाई तथा शुभकामना ज्ञापन गरियो । भवन सम्बन्धी जानकारी गराउँदै वर्ष २०१५ का पदाधिकारी मनोनयन जानकारी, उपाध्यष र निर्देशकहरुको कार्य क्षेत्र विभाजन, वार्षिक कार्ययोजना अनुमोदन, अनुमानित बजेट प्रस्तुत सदस्यता वृद्धि सम्बन्धमा छलफल गरिएको थियो ।

यसैगरी सचिवालय गार्डेनिङ व्यवस्थापन, शाखा पदाधिकारी तालिम, संसदीय सभाप्रणाली तालिम संयोजक नियुक्ति, प्रदीपनारायण वक्तृत्वकला कार्यक्रमको संयोजक नियुक्ति लगायतका विविध सम्बन्धमा पनि छलफल गरिएको थियो ।

पोखरा जेसीजका पूर्व अध्यक्ष ईश्वर कर्माचार्य, निवर्तमान अध्यक्ष तिलकराम पौडेल, अध्यक्षीय सल्लाहकार शिवप्रसाद कोईराला, कानुनी सल्लाहकार गोविन्दप्रसाद देवकोटा, कार्यकारीणी उपाध्यक्ष किरण केसी, उपाध्यक्षहरु नविन थापा, शिवराज घिमिरे, निर्देशक यज्ञपुरुष रिजाल, देवराज शर्मा, गणेश गिरी लगायतले प्रतिवेदनमाथि सुझाव दिएका थिए ।  मिनराज खड्का, नारायण खनाल, किसन गिरी लगायतले आफू संयोजक रहेको कार्यक्रमको प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा सबैलाई समेटेर अघि बढ्दै नयाँ नयाँ कार्यक्रमहरु अघि ल्याउने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्
Share: