मोदी पत्नीले भनिन्: ओबामाको स्वागतमा म पनि हुनुपर्थ्यो

Share:

एजेन्सी नयाँदिल्ली, माघ १२ / गणतन्त्र दिवसको अवसरमा मुख्य अतिथी बनेर अमेरिकी राष्ट्रपति बाराक ओबामा पत्नीसहित भारत आएका छन्। नरेन्द्र मोदीले आफै विमानस्थलमा पुगेर उनको स्वागत गरेका छन्। मोदी पत्नी जशोदा वेनले भने आफूलाई पनि ओबामाको स्वागत र गणतन्त्र दिवसमा हुने कार्यक्रममा सहभागी नगराएकोमा दु:ख मनाउ गरेकी छन।

‘ओबामाको स्वागत गर्दा म पनि दिल्लीमा हुनुपर्थ्यो। तर साहेव (मोदी) चाहनुहुन्न र पनि मलाई केही फरक पर्दैन‘ बेनले बीबीसी हिन्दी सेवासँग भनिन्।

प्रधानमन्त्री मोदीले उनलाई पत्नीको रुपमा स्वीकार गरेकाले उनी कानुनी रुपमा भारतकी प्रथम महिला हुन। तर, वैवाहिक सम्बन्ध सुमधुर नभएकोले गुजरातको गाउँमा उनी एक्लै बस्दै आएकी छन। सरकारले उनलाई सुरक्षा दिएको छ। प्रथम महिलाको हैिसयतमा कुनै सुविधा दिएको छैन्।

कमेन्ट गर्नुहोस्
Share: