टेक बुढाथोकीको निर्णायक गोलले त्रिभुवन आर्मी विजयी

Share:

काठमाडौं, माघ १३ । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लव विजयी भएको छ । पूर्वाञ्चलको झापा ११ लाई १–० ले पराजित गरेको हो ।

खेलको छैटौँ मिनेटमा टेक बुढाथोकीले गोल नै निर्णायक बन्यो । केही महिना अघि सम्पन्न एन्फा कपको उपाधि विजेता झापालाई जारी लिगमा बलीयो टोली मानिएको छ ।
लिगका सुरुवाती दुई खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी र अर्को दावेदार थ्रीस्टार क्लवले विजयी सुरुवात गरेका छन् ।

तेस्रो खेलमा विभागिय टोली पुलिस क्लव लुम्बिनीसँग स्तब्ध भएको छ । दशरथ रंगशालामा हिजो भएको खेलमा पुलिसलाई १-० ले हराँउदै रुपन्देहीको लुम्बिनी फुटबल क्लव जारी लिगमा जीत हात पार्ने मोफसलको पहिलो टोली बनेको छ ।

खेलको ८५ औं मिनेटमा अमिर श्रेष्ठले गरेको गोल लुम्बिनीलाई जिताउन पर्याप्त बन्यो ।

 

photo : goalnepal.com

कमेन्ट गर्नुहोस्
Share: