पत्रकारिता गर्दा गर्दै अभिनय तिर गोकुल बानियाँ

Share:

बिग न्युज, १३ माघ | पत्रकार गोकुल बानियाँ अभिनयतर्फ पनि लागेका छन् । म्यूजिक भिडियोमार्फत उनले अभिनय यात्राको थालनी गरेका हुन् । स्वरुपराज आचार्यको स्वर रहेको गीत ‘म त तिम्रो रहरमा हारेको मान्छे’ बोलको गीतमार्फत संचारकर्मी तथा निर्देशक संजोग बस्यालले बानियाँलाई डेब्यू गराएका हुन् ।

gokul

म्युजिक भिडियोमा गोकुललाई चर्चित आरजे तथा मोडल रितु रानाभाटले साथ दिएकी छन् । ‘पहिलोपटकको क्यामेरा फेसिङ अनुभव रोमाञ्चक रह्यो ।’ डेब्यू अभिनेता बानियाँले भने–‘पहिलो भिडियो भएपनि काम राम्रो गरेको जस्तो मलाई लागेको छ ।’ यसअगाडि नाटकमा काम गरिसकेका गोकुललाई क्यामेरा फेस गर्दा शुरुमा केहि असहज भएपनि सबैजना चिनेको टिम भएका कारण काम गर्न सजिलो भएको उनले बताए ।

IMG_8448गोकुलको कामबाट आफु सन्तुष्ट रहेको निर्देशक संजोग बस्यालले बताए । भिडियो केहि दिनमै सार्वजनिक हुने उनले जानकारी दिएका छन् । भिडियोलाई मिलन शंकरले खिचेका हुन् । एशियन म्यूजिकले भिडियोको बजारिकरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: