आहा ! रारा गोल्ड कपमा दुई विदेशी सहित १२ टिम सहभागि हुने

Share:

पोखरा १४, माघ / पश्चिमाञ्चलकै प्रतिष्ठित आहा ! रारा गोल्ड कपको १३ औं संष्करणमा दुई विदेशी सहित १२ टिमको सहभागिता रहने भएको छ । सहारा क्लवको आयोजना र हिमश्री फुड्सको मुख्य प्रायोजनमा यही माघको २० गतेदेखि फागुन २ गतेसम्म संचालन हुने प्रतियोगितामा विदेशीका दुई टिम सहित १२ टिमको सहभागिता रहने क्लवले जनाएको छ ।

प्रतियोगितामा वेलायतको अल्ड्रासोट टाउन फुटवल क्लव, भारतको कन्चङजंगा फुटवल क्लव, नेपालमा ए डिभिजनका क्लव सहितको सहभागिता रहने प्रतियोगिता संयोजक हरिराम गुरुङ ले बताए । त्यसै गरी प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव, थ्रि स्टार क्लव, विभागिय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, त्रिभुवन आर्मी क्लव, झापा ११ फुटवल क्लव, रुपन्देहिको लुम्बिनी स्पोटर्स क्लव, कैलालीको सुदुरपश्चिमाञ्चल फुटवल क्लव, सिमराको नव जन जाग्रिती युवा क्लव र आयोजक सहारा क्लव गरी १२ टिम सहभागि हुने भएका हुन । सहारा एकेडेमीको सहयोगार्थ पोखरा रङ्गशालामा संचालन हुने लागेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको क्लवका अध्यक्ष वीरभद्र आचार्यले बताए ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको शहरका रुपमा स्थापित गरौं’ भन्ने नाराका आयोजना हुने प्रतियोगिताबाट बचत भएको रकमबाट सहारा एकेडेमी संचालन गरिँर्दैै आएको आचार्यले बताए । एकेडेमिमा हाल कठिन परिस्थिति एवं विपन्न वर्गका १२ जिल्लाका २१ जना बालकहरुले आश्रय लिएका छन । प्रतियोगिताले फुटवल खेलको विकासका एवम नयाँ प्रतिभावान खेलाडिहरुलाई अवसर दिने आचार्यको विश्वास छ । सो प्रतियोगिताले पोखराको आन्तरीक तथा बाह्य पर्यटन प्रवद्धनमा टेवा पुग्ने क्लवले विश्वास लिएको छ ।

प्रतियोगिामा विजेता, उपविजेतका साथै सर्वोत्कृष्ट खेलाडि, उत्कृष्ट टिम कोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, फेयर प्ले, सर्वाधिक गोलाकर्ता, उत्कृष्ट स्ट्राइकर, मेन अफ दी म्याचको, उत्कृष्ट डिफेण्डरलाइ पुरस्कारको व्यवस्था गरिएको छ । पोखरा कास्कीले यस बर्ष राष्ट्रिय लिग भाग लिन नसक्नु पोखराको समग्र फुटवल खेलको विकासमा बाधा पुगेको क्लवले जनाएको छ । यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न टेवा पुग्ने भएकोले प्रतियोगिता गर्न नसक्नु समग्र पोखराको फुटवल पछि परेको भान भएको क्लबका संयोजक गुरुङ ले दाबी गरे । साथै हाल खेल मैदानको बारेमा भै आएको विवाद समाधान गरि प्रायोगिता सञ्चालन गर्नको लागि महत्पुर्ण भुमिका निवार्ह गरेकोमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटालाई हार्दिक धन्यवाद व्यक्त गर्ने सहारा क्लवद्वारा जारी विज्ञप्तीमा उल्ल्ेख छ ।

कमेन्ट गर्नुहोस्
Share: