दुर्घटनाग्रस्त एअर एसियाको विमान को-पाइलटले चलाएको खुलासा

Share:

काठमाडौं, माघ १५ । गत डिसेम्बर २८ मा दुर्घटनाग्रस्त भएको एअर एसियाको बिमान को-पाइलटले चलाएको खुलासा भएको छ । दुर्घटनाग्रस्त बिमानमा रहेको डाटा रेकर्डरको आधारमा गरिएको छानबीन अनुसार फ्रान्सका को-पाइलट रेमी प्लेसेलले बिमान चलाएको खुलासा भएको छ ।

बिमान उडानको समयमा उनले ३२ हजार फिटमाथि उडिरहेको बिमानलाई ३० सेकेन्ड भित्र ३७ हजार फिट उचाइमा पुर्याइ पुन ३२ हजार फिटमा झारेको इन्डोनेसियाको हवाई उड्डयन प्राधिकरणले जनाएको छ ।

यद्दपी यसबारे थप बिवरण आउन अझै ६ महिनाको समय लाग्ने पनि जनाइएको छ ।

इण्डोनेसियामा खोजकर्ताहरुले दूर्घटनामा परेको एअर एसियाको क्यूजेड ८५०१ विमानको ब्ल्याक बक्स र डाटा रेकर्डर फेला पारेपछी दुर्घटनाबारे छानबीन थालेको हो ।

गत डिसेम्बर २८ मा इन्डोनेसियाको सुरबायाबाट सिंङापुरका लागि १ सय ६२ यात्रु सहित उडान भरेको विमान जाभामा दुर्घटनाग्रस्त भएको थियो ।
उक्त बिमानमा सवार ७६ मृतकको मात्रै शव फेला परेको छ भने बाँकीको खोजी जारी छ ।

कमेन्ट गर्नुहोस्
Share: