
काठमाडौं, माघ १६–
खाना पकाउने एलपी ग्यास एक हप्ताभित्र सहज रुपमा वितरण गर्ने नेपाल आयल निगमले दावी गरेको छ । २/३ दिन यता ग्यासको आपूर्ति बढेकाले एक हप्ताभित्र अभाव पूर्ण हट्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
ग्यासमा कृत्रिम अभाव भएपछि आयल निगमले अहिले तालिका बनाएर ग्यास डिपोबाटै वितरण थालेको छ । तर उपभोक्ताले अझै ग्यास पाउन सकेका छैनन् ।
प्रवक्ता घिमिरेका अनुसार भारतबाट पहिले दैनिक ४० देखि ४५ बुलेट मात्र आपूर्ति हुने गरेकोमा अहिले ६० देखि ७० बुलेट आपूर्ति भैरहेको छ । आपूर्ति भएअनुसार ग्यास डिपोलाई वितरण गर्नुका साथै अनुगमन पनि भैरहेकाले अभाव नहुने घिमिरेको भनाई छ ।
कमेन्ट गर्नुहोस्
