
काठमाडौं, माघ १७ । उतारचढावबीच यस साता सुनको भाउमा सामान्य कमी आयो । साताभर सुन तोलामा ५ सय रुपैयाँले सस्तियो ।
आइतबार प्रति १० ग्राम ४६ हजार २ सय ९५ अर्थात् तोलाको ५४ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ५ सयले घटेर ५३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ गत सातामात्रै पाँच महिनायताकै उच्चविन्दूमा पुगेको थियो ।
यस साता चाँदीको भाउमा पनि उच्च कमी आयो । साताभर चाँदीको भाउ तोलामा ४० रुपैयाँले कमी आइ शुक्रबार तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
युरोपियन केन्द्रीय बैंकले व्याजदर झार्ने विषयमा गरेको निर्णयसहित ग्रीसको आमनिर्वाचनको परिणामको असर सुन बजारमा परेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

