
काठमाडौं, माघ १७ । इराकको मोसुलमा ‘आइएस’का रासायनिक हतियार विज्ञ अबु मलिक हवाई कारबाहीमा मारिएका छन् । अमेरिकी सेनाका अनुसार संयुक्त गठबन्धनको हवाई कारबाहीमा मलिक मारिएका हुन् ।

उनको मृत्युले आइएसको रासायनिक हतियार विकास गर्ने क्षमतामा असर पर्ने अमेरिकी विश्वास छ । मलिक पहिला अल कायदा र त्यसपछि आइएसमा आबद्ध हुनुअघि तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनका रासायनिक हतियार इन्जिनियरको रुपमा कार्यरत थिए ।
अमेरिकी नेतृत्वको गठबन्धनले आइएसविरुद्ध २ हजारभन्दा बढी हवाई कारबाही गरिसकेको छ । आइएसले इराक र सिरियाको ठूलो भू–भाग आफ्नो नियन्त्रणमा लिएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
