पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखानाका लागी पचभैया जंगल छनोट / आइतबारदेखि प्रारम्भिक कार्य शुरु गरिने

Share:

पोखरा १७ माघ / पोखरामा चिडियाखाना निर्माणका लागी लेखनाथको पचभैया सामुदायिक बनलाई आधार बनाइ तत्काल प्रारम्भिक कार्य शुरु गरिने भएको छ । जिल्ला बन कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय, लेखनाथ नगरपालिका पचभैयाका तीन वटा सामुदायिक बन र युनाइटेड क्लवले चिडियाखाना निर्माणका लागी आइतबारदेखि पहिलो चरण अन्तरगत चिडियाखानाको खाका तयारी गर्ने कामको शुरु गर्ने भएका हुन । शनिवार पचभैयामा आयोजित सर्वपक्षिय भेलामा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणका लागी आइतबारदेखि तदारुकताका साथ लाग्न सम्पूर्ण पक्षलाई आग्रह गर्नुभएको हो ।

पोखराको सम्बृद्ध बिकासका लागी आफ्नो पहलमा विभिन्न समितिहरु गठन गरेको वताउदै त्यसका लागी चिडियाखानाको अवधारणा बोकेर अगाडी वढेको युनाइटेड क्लव पोखरालाई चिडियाखाना निर्माणको समितिमा राखेको र क्लवको पहलमा जिल्ला बन कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय, लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ, पचभैया सामुदायिक बन उपभोक्ता समुह, चैनपुर सामुदायिक बन उपभोक्ता समुह र चप्रियानी सामुदायिक बन उपभोक्ता समुह मिलेर चिडियाखानाको रेखांकन गर्ने काम तत्काल शुरु गर्न आदेश दिनुभयो ।

सम्बन्धित निकायहरुकले ४ दिन भित्रमा चिडियाखाना तथा जीवजन्तु संग सम्बन्धित विज्ञहरुलाई समेटेर दस्ताबेज तयार पारि आगामी चैत्रको पहिलो हप्ता सम्ममा केन्द्रमा पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणका लागी ठोस रुपको दस्ताबेज पठाउन सकेको खण्डमा यो वर्षभित्र पोखरामा चिडियाखाना निर्माण कार्य प्रारम्भ हुने उहांको भनाइ रहेको थियो ।

कार्यक्रममा वोल्दै जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत प्रभात सापकोटाले चिडियाखाना निर्माणका लागी सय हेक्टर जमिन, विभिन्न जनवारहरुको लागी वासस्थानका लागी अनुकुल वातावरण, अन्य पुर्वाधारहरुको समेत आवश्यक्ता पर्ने भएकाले त्यसका लागी विज्ञहरु संग वसी निर्णय गर्न आफुहरु तयार रहेको वताउनुभयो । रेखांकन र पचभैयामा रहेका तीनवटा जंगलहरुको क्षेत्रफल र अनुकुलताका लागी सम्बन्धित नियकासंग सहकार्य गरेर दस्तावेज तयार पार्न आफुहरु सहमत भएको र ४ दिन भित्रमानै यो काम पुरा हुनेमा सम्पूर्णमा विश्वस्त रहन उहांले आग्रह गर्नुभयो ।

कार्यक्रममा वोल्दै पर्यटन विद झलक थापाले हामीले प्रकृतिलाई बचाउनु आजको आवश्यक्ता रहेको वताउनुभयो । प्रकृतिको संरक्षण गर्न नसक्दा मैदी तालमा पाइने लोपोन्मुख चराहरु हराउदै गएको वताउदै लेखनाथको पचभैयामा चिडियाखाना निर्माण गर्ने कार्यले प्रकृतिको संरक्षण संगै विभिन्न जंगली बन्यजन्तु तथा चरा चुरुङगीको संरक्षण संगै पर्यटन गतिबिधी समेत वढेर जाने वताउनुभयो ।

पचभैया सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष मोहन बहादुर घिमिरेले आफुहरुले दुइवर्षदेखि लेखनाथ नगरपालिका समक्ष चिडियाखाना निर्माणका लागी प्रस्ताव गर्दै आइरहेको भएतापनि नगरपालिकाले वेवास्ता गरिरहदा युनाइटेड क्लवको पहलमा चिडियाखाना निर्माणका लागी पहल भइ अगाडी वढ्ने संकेत देखिएकोमा खुसी ब्यक्त गर्दै पचभैया अन्तगर्त रहेका सम्पूर्ण सामुदायिक बनहरु सम्पूर्ण वन चिडियाखाना निर्माणका लागी प्रदान गर्न तयार रहेको वताउनुभयो ।

लेखनाथ नगरपालिका ११, १२ र १४ नम्बर वडामा पर्ने पचभैया सामुदायिक बन उपभोक्ता समुह, चैनपुर सामुदायिक बन उपभोक्ता समुह र चप्रियानी सामुदायिक बन उपभोक्ता समुह अन्तर्गत पर्ने २ सय ३५ हेक्टर जमिन मध्ये वन उपभोक्ता समुहले १ सय ५० हेक्टर जंगल पूर्णरुपमा चिडियाखानाका लागी प्रदान गर्न सहमत भएका हुन । रुपाताल संगै जोडिएको सामुदायिक बनहरुमा चितुवा,मृग,अजिंगर लगायत विभिन्न प्रजातिका चराचुरुङगी सहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका बनस्पतिहरुका साथै सिता गुफा समेत रहेको छ ।

कार्यक्रममा वोल्दै युनाइटेड क्लवका अध्यक्ष तथा चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले पचभैयाको बन क्षेत्र चिडियाखाना निर्माणका उपयुक्त स्थल रहेको वताउदै छलफलबाट निर्णय भएको कुरालाई तदारुकताका साथ अगाडी वढाउनका लागी सम्पूर्णलाई सहयोग गर्न आग्रह गर्नुभयो । पचभैयामा सम्पन्न सर्वपक्षिय भेलामा सरकारी निकायका पदाधिकारी, सामुदायिक बनका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका नगर तथा वडा स्तरका पदाधिकारीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: