
पोखरा १७ माघ । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुको लागि मानवअधिकार र बालअधिकार तालिम शनिवार पोखरामा सम्पन्न भएको छ ।
तालिममा राष्ट्रिय मानवअधिकार आयोग पोखराका निर्देशक डा. टीकाराम पोखरेलले मानवअधिकारको अवधारणा सम्बन्धी, जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले, शिक्षा सम्बन्धी राज्यको नीति तथा कार्यक्रमहरु र हालको अवस्थाको बारेमा, जिल्ला बाल कल्याण समितिका बाल संरक्षण अधिकृत भरतराज बरालले बालमैत्री स्थानीय शासन, सिविन पोखराका प्रमुख प्रेम सोङमेनले बालअधिकार र बालबालिका शान्ति क्षेत्र सम्बन्धी अवधारणाको बारेमा सहजीकरण गरेका थिए ।
त्यस्तै इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले बालअधिकारको अन्तर्राष्ट्रिय महासन्धी, विद्यालय कार्ययोजनाका बारेमा, इन्सेकका फोकल पर्सन सवनम शर्माले, महिला अधिकार, बालबालिका सम्बन्धी ऐन र राष्ट्रिय नीतिको बारेमा इन्सेक पोखराका पिएमई अधिकृत टंक खनालले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार र इन्सेक जिल्ला प्रतिनिधि सनबहादुर थापाले बालअधिकार उल्लंघनका घटना र अभिलेखीकरण सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।
माघ १६ गतेदेखि शुरु भएको उक्त तालिममा थुम्की गाविसस्थित विभिन्न नौओटा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक गरी २७ जनाको सहभागीता रहेको थियो ।
जटेश्वर मावि थुम्कीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जटेश्वर माविका प्रधानाध्यापक तीर्थराज न्यौपाने र प्रगतिशील प्राविकी शिक्षिका शान्त तिमिल्सिनाले विद्यालयमा बालअधिकार र मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि तालिम अत्यन्त उपयोगी भएको धारणा व्यक्त गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
