एमाओवादीलाई १० अर्ब दिए आन्दोलन रोकिन्छ : ओली

Share:

काठमाडौं, माघ १७ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत माओवादीलाई १० अर्ब रुपैयाँ दिएमा आन्दोलन रोकिने दाबी गरेका छन् ।

k p oli

नेपाल उत्पीडित जातीय मुक्ति समाजले शनिबार पार्टी मुख्यालय बल्खुमा गरेको कार्यक्रममा ओलीले ‘एमाओवादी पैसामा बिक्ने पार्टी’ भएको भन्दै ५ देखि १० अर्ब रुपैयाँ दिए संविधानसभामा जारी अवरोध हट्ने बताए ।

‘व्यवस्थापिका–संसदको अवरोध खोल्न २ अर्ब ३ करोड दिने भनेर कागज गरिएको’ पनि ओलीले बताए ।

अध्यक्ष ओलीले अझैपनि सहमतिको प्रयास गर्ने र सहमति नभए प्रक्रियाबाट संविधान जारी हुने पनि दोहोर्‍याए ।

कमेन्ट गर्नुहोस्
Share: