
माघ १७, पोखरा / पोखरामा विहिबार देखि जारी आठौं राष्ट्रिय प्राङगारिक कृषि मेला प्रर्दशनी २०७१आइतबार सकिदै छ । पोखराको नयाँबजार प्रर्दशनीकेन्द्रमा १५ गते देखि शुरु भएको मेला आइतबार सकिने भएको । क्षेत्रीय कृषि निर्देशानलय पोखरा र कृषि ब्यवसाय प्रवद्धन कार्यक्रम हरिहर भवन ललितपुरको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा तेस्रो दिन सम्म आई पुग्दा झण्डै ७५ हजार दर्शकले मेलाको अबलोकन गरेको स्थानीय मेला ब्यस्पथापन समितिका संयोजक क्षेत्रीय कृषि निर्देशक लेखनाथ आचार्यले बताउनु भएको छ ।१७ गते शनिबार परेकोले पनि दर्शकको भिड शुक्रबार भन्दा बढी रहेको थियो ।
मेलामा सहभागीहरुले स्टलहरुबाट प्राङगारिक कृषि उपजखरिद गरेका थिए भने च्याउको म ःम र पकौडा कोदोको सेलरोटी खानेहरुको भिड् लागेको थियो भने स्टलमा रहेकाहरु लाई भ्याई नभ्याई भएको थियो । एक घण्टा लाइनमा बसेर च्याउको म ःम खादै गर्नुभएकी पोखरा १४की सकुन्ता गुरुङले भन्नु भयो धेरै मेला महोत्सवमा गए पनि प्राङगारिक मेलामा फरक स्वाद लिन पाएको भन्दै क्षेत्रीय रुपमा बार्षिक रुपमा पोखरामा मेला आयोजना गर्न आग्रह गर्नु भयो । १ सय २० वटा स्टल रहेको स्टलमा झापा देखि डोल्पा सम्मका विभिन्न कृषि उपजको स्टल रहेको छ । मेलामा सुआहार नेपालले राखेको स्टलमा ५ सय भन्दा बढीले फर्सीको खिर र पोषीलो चटपट खाएको सस्थाले जनाएको छ ।
मेलामा बरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने , प्रजापती पराजुली ,दोहोरी गायक शिबहरि ढुङगाना , तुल्सी जिसी लगायतको प्रस्ुततीमा दर्शकहरु छमछमी नाचेर रमाइलो गरेका थिए ।
