पोखराको ग्ल्यामर फिल्डमा मोडल युवतीहरुको खडेरी

Share:

रेम बिक,पोखरा १७ माघ | अनर्थ नलागोस्, भन्नलाई पोखरालाई राम्री यूवतीहरुको शहर पनि भनिन्छ । यहाँका युवतीहरुको ग्लामरको चर्चा देशव्यापी चल्छ । युवतीहरुको ग्लामरकै कारण पुरै पोखराको छवि नै ग्ल्यामरस भएको भन्दा फरक नपर्ला । तर युवतीहरुको शहर पोखरामा ग्ल्यामर फिल्डमा भने युवतीहरुको खडेरी परेको छ ।

यतिबेला पोखरामा युवती मोडलहरु खोज्यो भने पाईन गाह«ो छ । चाहे त्यो फोटोशुटका लागि होस्, चाहे म्युजिक भिडियो अथवा फिल्मकै लागि किन नहोस् । कुनै बेला ग्ल्यामर फिल्डमा युवतीहरु खुब भेटिन्थे । अहिले उनीहरु पलायन भैसकेका छन् भने नयाँ पुस्ताका युवतीहरुको यो फिल्डमा आउनै चाहिरहेका छैनन् ।

bhupal netra and ram dai

त्यसैको प्रभावले पोखरामा खुलेका केहि ग्लामर साईटहरु बन्द भैसकेका छन् भने केहि बन्द हुने क्रममा छन् । पोखरामा बन्ने म्युजिक भिडियो र फिल्महरुमा युवती मोडल तथा आर्टिस्टहरु काठमाण्डौबाट मगाउनुपर्ने बाध्यता छ । केहि औँलामा गन्ने मोडलहरु पोखरामा भएपनि उनीहरु व्यवसायिक बन्न नसकेको आरोपहरु लाग्ने गरेका छन् ।

‘व्यवसायिकताको अभावकै कारणले अहिले पोखरामा मोडलिङका लागि युवतीहरु पाईन छाडेको जस्तो मलाई लाग्छ ।’ पोखरासिटि डटकमका फोटोग्राफर तथा संचालक राम गुरुङ भन्छन्–‘रहरै रहरमा आउने तर यहि फिल्डमा भविष्य बनाउन नखोज्ने परिपाटी कायमै छ ।’ युवतीहरुले अव्यवसायिकताको पराकाष्ठा नै नाघ्ने गरेको उनको अनुभव छ । प्रश्न गर्दै उनी भन्छन्–‘फोटो खिच्दासम्म खिच्छन् तर जुन दिन हामीले फोटो प्रकाशित गर्छौँ तीनै मोडलहरुले फोटो हटाउन दबाब दिन्छन् । अनि त कसरी चल्ने हामी अनि कसरी विकसित हुन्छ मोडलिङ क्षेत्र ?’

पक्कै पनि फोटोग्राफि महँगो पेशा हो । फोटोग्राफि कै माध्यमबाट ग्ल्यामर साईट चलाउनका लागि मोडलहरु सबैभन्दा महत्वपुर्ण कुरा हुन् । कुनैबेला पोखराको मोडलिङ क्षेत्र निकै चम्किलो बनेको थियो । ग्ल्यामर साईटहरु धमाधम खुलेका थिए । तर अहिले ती ग्ल्यामर साईटहरु बन्द हुने क्रममा छन् । केहि साईट त अझै बन्द भैसके ।

मोडल युवतीकै कारण पोखराका फोटोग्राफरहरु गसिप भित्र पनि अटाउने गरेका छन् । ‘केहि राम्रा युवती देख्यौँ भने हामी आफैले उनीहरुलाई फोटोशुटका लागि एप्रोच गर्दै आएका छौँ ।’ करिब चार वर्ष यता पोखरामा ग्लामर साईट जक्शन डटकम संचालन गर्दै आएका भुपालकुमार गुरुङ भन्छन्–‘आफ्नै क्षेत्रका मानिसहरुमा रहेको व्यवसायिकता अभावका कारण आफ्नै व्यवसाय धरापमा परेको छ ।’

त्यसो त ग्ल्यामर साईटहरुको फोटो हेर्र्दै युवतीहरुलाई म्यूजिक भिडियो र फिल्ममा लिने चलन पनि छ । तर पछिल्लो समय युवती मोडल अभावमा ग्लामर साईटहरु अपडेट नभैरहँदा त्यसको प्रत्यक्ष प्रभाव पोखराको म्युजिक भिडियो र फिल्म क्षेत्रमा पनि परेको छ । म्युजिक भिडियो र फिल्मका लागि युवती खोज्न पनि निकै मुश्किल हुने गरेको बताउँछन् निर्देशक नेत्र गुरुङ ।

उनी भन्छन्–‘पोखराको मोडलिङ क्षेत्र सुस्ताउनुको पछाडिका कारणहरु मध्ये काठमाण्डौ र पोखरा भनेर गरिने विभेद मुख्य कारण हो ।’ ग्ल्यामर क्षेत्रका युवतीहरु काठमाण्डौ केन्द्रित हुनु र यहाँका ग्लामर साईट अनि भिडियो मेकर्सहरुले पनि काठमाण्डौकै मोडलहरुसँग काम लिने परिपाटी बढ्नुले पोखरामा मोडलहरुको अभाव भएको हुनसक्ने उनी तर्क गर्छन् ।

‘जे होस् म्युजिक भिडियोकै लागि मोडल खोज्न पनि घर घरै पुगेर कुरा गर्नुपर्ने बाध्यता छ । व्यवसायिक रुपमा कोहि मोडलहरु आउन सकेका छैनन् ।’ गुरुङले समस्या रहेको स्विकारे ।

कमेन्ट गर्नुहोस्
Share: