प्रक्रियामै गएर संबिधानः मन्त्री सिंह, पालिखेलाई सम्मान

Share:

गोकुल बानियाँ  पोखरा १८ माघ । उपप्रधान एबं संघिय मामिला तथा स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले सहमति नभए प्रक्रियाबाटै भएपनि केहि महिनाभित्र नयाँ संबिधान जारी गर्ने दाबि गरेका छन् । सकेसम्म सहमति गर्ने र नभए दुई तिहाई बहुमतको आधारमा अघि बढ्ने उनले बताए ।

पोखरा उपमहानगरपालिकाको १९ औं स्थापना दिवसको अबसरमा आईतवार आयोजित कार्यक्रममा सिंहले अघिल्लो संबिधान सभामा भएको गल्ती यसपटक नदोहोरिने स्पष्ट पारे । यो संबिधानसभालाई संबिधान जारी नगरी बिगठन हुने अबस्था आउन नदिने उनले बताए । प्रतिपक्ष दलले बहुमतिय प्रक्रिया रोक्नुपर्ने माग गरिरहेका बेला सरकार अन्तराष्ट्रिय मान्न्यता अनुसार सहमति नभए दुई तिहाईको आधारमा अघि बढ्ने उनले बताए ।

नेपाली कांग्रेस महामन्त्री समेत रहेका सिंहले संबिधान निर्माणको बिभिन्न चरणमा सहमतिको संभाबना कायमै रहेकाले दुई तिहाईले पेलेर अघि नबढेको जिकिर गरेका छन् । संबिधान निर्माणको लागि प्रक्रिया पनि अघि बढ्नुपर्ने र संगै्र अन्तरबस्तुमा सहमतिको प्रयास पनि जारी राख्नुपर्ने उनले बताएका छन् । २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्ने गरी नयाँ संबिधान जारी हुने उनले बताए ।

स्थानिय निकाय निर्वाचनको लागि गृहकार्य भैरहेको भन्दै उनले सर्बपक्षिय सहमतिमा निर्वाचन हुने बताएका छन् । निर्वाचित जनप्रतिनिधिको अभाबमा स्थानिय निकायको सेवा प्रभाबकारी नभएको स्पष्ट पार्दै उनले निर्वाचनको लागि कानुनी अड्चन हटाउने र दलिय सहमति जुटाउने काम भैरहेको जानकारी दिए ।
पोखरा उपमहानगरपालिकाको सेवालाई प्रभाबकारी बनाउन उनले कर्मचारीलाई निर्देशन समेत दिएका छन् । सार्वजनिक खाली जग्गाको संरक्षण गरी पोखरा उपमहानगरपालिका भित्र रहेका पार्कहरुको ब्यबस्थापन गर्न उनले आग्रह गरे । साथै पार्किङ ब्यबस्थापन देखि नगर क्षेत्रका अन्य समस्या समाधान गरी पोखरालाई उत्कृष्ट नगरको रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

सभासद्हरु यत्र बहादुर थापा, जिवन परियार, चुडामणी जंगली, कुमार खड्काले पोखरा उपमहानगरपालिकामा हालै थपिएका नयाँ बडाहरुको बिकासको लागि बिशेष ध्यान दिन आग्रह गरे । ठुला वडाहरुलाई बिभाजन गरी सेवा प्रबाहलाई सर्वसुलभ बनाउनुपर्नेमा उनिहरुले जोड दिएका छन् ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले स्थानिय निकाय निर्बाचन यथासक्य छिटो गराउन मन्त्री सिंहलाई आग्रह गरे । क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले नगरपालिकामा समाहित तत्कालिन १० गाबिसका बासिन्दालाई पनि नगरवासीको आवास हुने गरी योजना बनाउन सुझाब दिए । ठोस नीति र कार्ययोजना सहित नयाँ वडाहरुको बिकासमा लाग्नुपर्ने उनले बताए । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले सबै क्षेत्रबाट आएका सल्लाह सुझाबको आधारमा पोखराको बिकासमा लागि पर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखरामा वैदेशिक लगानी भित्र्याउन अग्रणी भूमिका खेलेको भन्दै नेपाल चीन मैत्री संघका अध्यक्ष बिश्व शंकर पालिखेलाई सम्मान गरिएको थियो । पालिखेलाई उपप्रधान एबं संघिय मामिला तथा स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले सम्मानपत्रद्धारा सम्मान गरेका हुन् । कार्यक्रममा पोखराको भगिनी सम्बन्ध कायम रहेको चिनको लिञ्झी नगरको तर्फबाट नगरपालिकामा प्रबिधि बिस्तारको लागि दुई लाख चिनियाँ रुपैया सहयोग हस्तान्तरण गरिएको थियो ।
यसैबिच पोखराको सिर्जनाचोकमा बन्न लागेको ब्यबशायिक भबनको सिलान्यास गरिएको छ । पोखरा–८ सिर्जनाचोकमा बन्न लागेको नगरपालिकाको ब्यबशायिक भबनको उपप्रधान एबं संघिय मामिला तथा स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले आईतवार सिलान्यास गरेका हुन् ।

पोखरा उपमहानगरपालिकाको स्वामित्वमा रहेको एक रोपनी एक आना, ३ पैसा ३ दाम क्षेत्रफलमा दुई बर्षभित्र सुबिधा सम्पन्न ब्यबशायिक भबन निर्माण हुनेछ । अण्डरग्राउण्ड पार्किङ सहित ३ तले भबनको भुई तला र पहिलो तलामा ब्यापारिक प्रयोजनको लागि तथा दोस्रो तला कार्यलय प्रयोजनको लागि हुनेछ । साथै भबन अपाङ्गमैत्री र भुकम्प प्रतिरोधात्मक हुनेछ ।

भबन निर्माणको लागि ७ करोड ५८ लाख ४६ हजार रुपैयामा रसुवा÷गिता कन्ष्ट्रक्सन प्रालि पोखराले ठेक्का लिएको छ । भबन निर्माणको लागि नगरविकास कोषबाट ६ करोड ८२ लाख ६१ हजार ४ सय र नगरपालिकाको पारस्परिक कोषबाट ५६ लाख ८८ हजार ४ सय ५० रुपैया अनुदान प्राप्त हुने नगरपालिकाका बरिष्ट ईन्जिनियर शारदामोशन काफ्लेले जानकारी दिए । भबन निर्माणको लागि प्राप्त अनुदान सम्झौता गरिएको मितिदेखि बढिमा दुई बर्षको सहुलियत अबधि रहने र २० बर्षभित्र ३६ अर्धबार्षिक किस्ताको रुपमा ऋण चुक्ता गरिसक्नुपर्ने जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: