पेट्रोलियम पदार्थको भाउ घट्यो

Share:

काठमाडौ, माघ १९ – नेपाल आयल निगमले सोमबार राति१२ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको छ । पेट्रोलमा २ रुपैयाँ ५० पैसा तथा मट्टितेल र डिजलमा १ रुपैयाँ ५० पैसा घटाइएको छ ।

पेट्रोलको नयाँ भाउ १ सय ९ रुपैयाँ एवं डिजल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा भएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने घटबढको आधारमा आयल निगमले नेपालमा पनि मूल्य समायोजन गर्दछ । भारतीय आयल निगमबाट आएको नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: