दुवै मृगौला फेल भएका सुवासको उपचारका लागि एक्ली आमाको याचना

Share:

रेम बिक पोखरा, १९ माघ । रोजगारीका लागि विदेशी भुमी कतार पुगेका एक युवकको दुवै मृगौलाले काम गर्न छाडेपछि यतिबेला आपत्मा परेका छन् । काहुँ ७ फुलबारी कास्कीका सुबास परियार यतिबेला दुवै मृगौलाले काम गर्न छाडेपछि कतारस्थित अलवाक्रा अस्पतालमा जिवन मृत्युको दोसाँधमा छन् ।

कतारमा परियारले काम गर्ने कम्पनी ‘चिल्लिज रेस्टुरेन्ट’ले उपचारमा आर्थिक सहयोग नगर्ने निर्णय गरेपछि सुबासको परिवार अहिले झन् संकटमा परेको छ । कमजोर आर्थिक अवस्थाका सुबासको घरमा उनको आमा मात्रै छिन् । सानैमा बुवा गुमाएका सुबास आर्थिक स्तरोन्नतीको आशमा दुई वर्ष अगाडि मात्रै कतार पुगेका थिए ।

subash pariyar

अहिले सुबासकी आमा रुपा परियारले आफ्नो छोराको उपचारका लागि आर्थिक सहयोग गर्न विलौना गरेकी छन् । सुबासको उपचारमा ८ लाख रुपैँया लाग्ने चिकित्सकहरुले प्रारम्भिक अनुमान लगाएको उनले बताएकी छन् । ‘कमाउने भनेको नै त्यहि छोरा हो, घरमा त्यस्तो कुनै स्रोत छैन ।’ सुबासकी आमाले भनिन्–‘त्यहि छोरा पनि यस्तो हालतमा छ, लौ न मलाई सहयोग गरिदिनुप¥यो हजुर ।’ दुवै मृगौलाले काम गर्न छोडेका सुबास अहिले २१ वर्ष मात्रै पुगेका छन् ।

हाल कतारकै अस्पतालमा उपचार गराईरहेका सुबासलाई नेपाल ल्याउने तयारी पनि भैरहेको छ । नेपाल पठाउनका लागि उनलाई उनी कार्यरत कम्पनीले नै व्यवस्था गर्ने भएको छ । नेपाल आएर पनि उनलाई सिधै अस्पताल लैजानुपर्ने बाध्यता रहेको आमा रुपाले बताईन् । सुबासको उपचारमा आर्थिक सहयोग जुटाउन यतिबेला आमा रुपा सहित आफन्तहरु सक्रिय भएर लागिपरेका छन् । सुबासलाई सहयोग गर्न चाहने व्यक्तिहरुले उनकी आमाको नाममा एभरेस्ट बैंकमा खोलिएको खाता नम्बर ०१६००५०१२०३८२७ मा सिधै रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: