जंगल फेस्टिभलको ¥याम्पका लागि प्रशिक्षण शुरु

Share:

रेम बिक पोखरा, १९ माघ । पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमको प्रस्तुतीमा हुने ‘जंगल फेस्टिभल’को ¥याम्प शो का लागि छनौट भएका मोडलहरुको प्रशिक्षण शुरु भएको छ । जंगली थिममा ¥याम्पमा हिँड्नका लागि सोमबार देखि ३५ जना युवा तथा युवतीहरु प्रशिक्षणमा व्यस्त बनेका छन् । दश दिनसम्म प्रशिक्षण हुने आयोजकले जानकारी दिएको छ ।

फागुन १ गतेदेखि शान्ति बन बाटिकामा शुरु हुने ‘जंगल फेस्टिभल’ परिचय नेपालको आयोजनामा हुन लागेको हो । फेस्टिभल एक हप्तासम्म चल्नेछ । फेस्टिभलमा हुने फेशन शो मा मोडलहरुलाई हिँडाउने जिम्मा भने कोरियोग्राफर अरुण गिरीले पाएका छन् । उनैले अहिले मोडलहरुलाई हिँड्न सिकाईरहेका छन् ।

पोखराको मिडिया र मोडलिङ क्षेत्रमा उचाँई बनाईसकेका मोडलहरु जंगली थिममा ¥याम्पमा हिँड्ने आयोजकले बताएको छ । ‘धेरैजसो ¥याम्पमा हिँड्ने मोडलहरु सार्वजनिक रुपमा परिचित नै हुनुहुन्छ ।’ कोरियोग्राफर गिरीले भने–‘उहाँहरुलाई मैले फरक तरिकाले प्रस्तुत गर्ने भएको छु ।’ फेस्टिभलमा हुने जंगल थिमको फेशन शो दर्शकहरुको लागि विशेष खुराक बन्ने उनले विश्वस्त पारे ।

जंगल फेस्टिभलका ‘फेशन शो’ संयोजक सिद्धार्थ पौडेलले पुरुष मोडलहरुलाई पनि आफुहरुले मञ्च प्रदान गरेको बताए । ‘सामान्यतया पोखरामा हुने फेशन शोहरुमा महिला मोडलहरुलाई मात्र ¥याम्पमा हिँडाउने चलन छ ।’ पौडलले भने–‘हामीले पुरुष मोडललाई पनि उनीहरुसँगै हिडाउने भएका हौँ ।’ पोखरामा थुप्रै पुरुष मोडलहरु ¥याम्पमा हिँड्न खोजेपनि अवसर नपाईराखेकोले जंगल फेस्टिभलमा यस्तो व्यवस्था गरिएको उनले बताए ।

यो पटक हुने ‘जंगल फेस्टिभल’ दोस्रो सँस्करणको हो । आयोजक संस्थाले ईभेन्टलाई सफल बनाउने यतिबेला प्रचारप्रसारलाई तिव्र पारेको छ । फेस्टिभलमा विश्वप्रसिद्ध ‘सर्कस काठमाडौ’ ले विभिन्न प्रदर्शन गर्नेछ । यस्तै जंगलमा बस्दै आएको राउटे समुदायका मानिसहरुले उनीहरुको रहनसहन, जीवनशैली प्रदर्शन गर्नेछन ।

विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्ट एएचएलसीको सहकार्यमा हुँदैछ । ग्रीन प्लाई पनि ईभेन्टको प्रायोजक हो । ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।

करिव एक सय वटा साना तथा ठुला स्टलहरुबाट जडिबुटीको प्रर्दशनी तथा जानकारी, घरेलु उत्पादनका वस्तुहरुको प्रदर्शनी तथा विक्री, अर्गानीक खानाका परिकार, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु ले जनचेतनामूलक सन्देश प्रवाह गर्नेछन । साथै, वनजङ्गलको वातावरण संगसंगै मनोरञ्जन गराउन सोही वातावरणको घर टहराहरुको निमार्ण पनि भैरहेको आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: