
माधब पनेरु ,पोखरा माघ २० / एकिकृत नेकपा (माओबादी)कास्कीको नयाँ नेर्तत्व चयन भएको छ । यस अघि तमुवान राज्यको संयोजकको जिम्मेबारी सम्हाल्दै आएका हरि अधिकारी (कुमार )लाई कास्की जिल्लाको अध्यक्ष बनाईएको छ ।
अधिबेशन बाट र्निबाचित भएका दिपक कोईरालाले आबस्यक समन्वय गर्न नसकेको भन्दै पार्टी पंक्तीाबाट निरन्तर आलोचना भएपछि राज्य समितिले बिबाद मिलाउनको लागि कुमार लाई जिम्मेबारी दिएको छ ।
अधिबेशनबाट र्निवाचित भएका कोईरालाले कार्यकाल सक्न माग गरेको भएपनि पार्टीमा भएको बिबादका कारण उनलाई हटाईएको माओबादी स्रोतले बतायो । यस अघि कोईराला अध्यक्ष , राजकाजि गुरुङ्ग ईन्चार्ज रहने गरि जिम्मेबारी तोकिएको थियो । कुमारलाई अध्यक्षको जिम्मेबारी दिए पछि करणले पनि कास्की जिल्ला नछोड्ने बताएको स्रोतले उल्लेख गरेको छ । करणले कास्की नछोड्ने र जहाँ बसेर भएपनि सहयोग गर्ने बताएपछि उनलाई कास्कीको दास्रो नेताको रुपमा स्वीकार गरिएको छ ।
कास्कीमा बाबुराम भट्टराई पक्षको निरन्तर अबरोध र ब्यबधान खडा गरेको सस्थापन पक्षले आरोप लगाउदै आएको छ । कास्कीमा समानान्तर कमिटी बनाएर बाबुराम पक्षले निरन्तर फरक कृयाकलाप गर्दे आएको छ । बाबुराम पक्षको असयोग र माग लाई कुमारले पनि संबोधन गर्न नसक्ने बताईएको छ । कुमार पनि प्रचण्ड पक्षका भएकाले बिबाद मिल्नेमा बिस्वस्त हुन नसकीएको बाबुराम पक्षका एक नेताले बिग एफ.एमलाई जानकारी दिए ।
एमाओबादीले संबिधान र्निमाणको राजनितिक सहमति हुन नसकेको भन्दै आन्दोलनको घोषणा गरेपनि कार्यकर्ता र जिल्ला तहका नेतृत्वहरुको बिबादका कारण आन्दोलनमा सहयोग नपुगेको भन्दै नेर्ततव परिबर्तन गरिएको भएपनि पार्टीमा पुर्वाग्रही छविका कुमारले पनि बिबाद मिलाउन नसक्ने बाबुराम पक्षका नेताले बताए ।

