आहा रारा गोल्डकप: एपिएफलाई हराउदै सुदुरपश्चिममाञ्चल फुटबल क्लब क्वाटरफाईनलमा

Share:

पोखरा २१ माघ । बिभागिय टिमलाई पन्छाउदै सुदुरपश्चिममाञ्चल फुटबल क्लब कैलाली १३ औं आहा रारा गोल्डकपको अन्तिम आठमा प्रबेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा बिभागिय टिम शसस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले हराउदै कैलाली पहिलो सहभागितामै क्वाटरफाईनल प्रबेश गरेको हो । सुदुरपश्चिममाञ्चलको जितमा खेलको सातौ मिनेटमा शिब सुबेदीले गरेको एक मात्रै गोल नै निर्णायक बन्यो ।

एपिएफले १८ औ मिनेटमै पेनाल्टी सुटआउटको सुनौलो मौका सदुपयोग गर्न सकेन र प्रतियोगिताबाटै बाहिरिन बाध्य भयो । रबि भण्डारीले सन्तोष श्रेष्ठलाई फल गरेपछि पाएको पेनाल्टी अबसरलाई आदित्य चौधरीले प्रहार गरेपनि बिपक्षी गोलरक्षक बिरेन्द्र बहादुर चन्दले बचाए ।  प्रतियोगिता अबधिभर गोल फर्काउने प्रयासमा रहेको एपिएफको थुप्रै प्रहार चन्दले रोकेका थिए । खेलको ९ मिनेटमै नबिन लामाको प्रहार बिफल भयो । पहिलो हाफको ईन्जुरी समयमा अञ्जन बिष्ट र सन्तोष श्रेष्ठको प्रहार बाहिरियो ।

खेलको ५५ औं मिनेटमा एपिएफका आदित्य चौधरी दोहोरो पहेलो कार्ड सहित रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि एपिएफ १० खेलाडिमा सिमित भएको थियो र अन्तमा हार ब्यहोर्न बाध्य भयो ।  एपिएफका प्रशिक्षक कृष्ण थापाले खेलाडिले पाएका अबसरलाई सदुपयोग गर्न नसकेकाले पराजित हुनुपरेको बताए । त्यस्तै सुदुरपश्चिमाञ्चल फुटबल क्लब कैलालीका प्रशिक्षक किरण श्रेष्ठले खेलाडिको प्रदर्शनमा सन्तुष्ट रहेको बताए ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल लुम्बिनी फुटबल क्लब र झापा –११ बिच हुनेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाईनल खेल फागुन २ गते हुनेछ ।

Yello Card
एपिएफ क्लब
५५ औं मिनेटमा आदित्य चौधरी ( रेड कार्ड – डवल पहेलो )
८२ औं मिनेटमा – सन्तोष श्रेष्ठ ( एपिएफ )
६५ औं मिनेटमा – रञ्जन बिष्ट ( एपिएफ )
४५+ १ मिनेटमा – मान बहादुर तामाङ ( एपिएफ )
सुदुर पश्चिमाञ्चल फुटबल क्लब कैलाली
३३ मिनेटमा – निरेन चौधरी ( सुदुरपश्चिमाञ्चल )
६३ औं मिनेटमा – लावल ( सुदुरपश्चिमाञ्चल )
४७ औं मिनेटमा – गोईलेइ ( सुदुरपश्चिमाञ्चल )
४५ +४ मिनेटमा – हेमन्त थापा मगर ( सुदुरपश्चिमाञ्चल )

कमेन्ट गर्नुहोस्
Share: