टोकियो,माघ २१ / विश्वप्रसिद्ध जापानी इलेक्ट्रोनिक कम्पनी सोनीले आफ्नो मोबाइल उत्पादन विभागका कर्मचारी कटौती गर्ने भएको छ । सो कम्पनीले बुधबार मोबाइल उत्पादनतर्फका करिब एक हजार १०० दरबन्दी कटौती गरेको जानकारी दिएको हो ।
यसअघि पनि सोनीले एक हजार रोजगारी कटौती गरेको घोषणा गरेको थियो । यसपटक पनि उसले मुनाफाका लागि गरिएको अधिकतम् प्रयास सफल नभएपछि यो निर्णय लिन बाध्य भएको बताएको छ । यसअघि घोषणा गरिएको एक हजार र हालको एक हजार १०० गरी सो कम्पनीले केही समयको अन्तरालमै दुई हजार १०० रोजगारी कटौती गर्ने भएको हो ।
सोनीका प्रमुख वित्तीय अधिकारी केनीचिरा योसिदाले बुधबार सो जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
