झापा – ११ आहा रारा गोल्डकपको क्वाटरफाईनलमा

Share:

पोखरा २२ माघ । झापा ११ फुटबल क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा बिहिवार भएको तेस्रो प्रि–क्वाटरफाईनलमा लुम्बिनी फुटबल क्लबलाई ४–० ले हराउदै झापा–११ अन्तिम आठमा पुगेको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको झापाले ५० औं मिनेटमा कर्ण लिम्बुको गोलसंगै अग्रता लिएको थियो । ६६ औं मिनेटमा बिशाल राईको गोलबाट अग्रता दोब्बर पारेको झापाको लागि ७७ औं मिनेटमा लुम्बिनीको तर्फबाट उपहार स्वरुप रवि शिलवालले सुसाईड गोल गरे ।

कर्ण लिम्बुको प्रहार लुम्बिनीका गोल रक्षक दिलीप क्षेत्रीले क्याच आउट गरेपछि बाहिर फल्ने शिलवालको प्रयास सफल भएन र बलले गोल लाईन पार ग¥यो । खेलको ईन्जुरी समयमा योगेश गुरुङको टिमको चौथो गोल गर्न सफल भए ।

खेलको अधिकांश समय हाबी भएको झापा–११ ले लुम्बिनीलाई गोल फर्काउने मौका नै दिएन । त्यसो त लुम्बिनीका खेलाडिले पनि खासै राम्रो अबसर सिर्जना गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच झापा–११ का कर्ण लिम्बु भए ।

पराजय पछि लुम्बिनीका प्रशिक्षक यम प्रसाद गुरुङले खेलाडिहरुमा भएको अहंताको कारण पराजय भोग्नुपरेको बताए । राष्ट्रिय लिग फुटबलमा बिभागिय टिम पुलिसलाई १–० ले पराजित गरेको अहंता आजको खेलमा खेलाडिले देखाएको उनले बताए । सहजै जितिन्छ भनेर हेलचक्र्याई गर्दा पराजित हुनुपरेको उनको प्रतिक्रिया छ ।

जितपछि झापा–११ का प्रशिक्षक भगिरथ आले ‘मामा’ ले बिपक्षी खेलाडिहरु आबेगमा आएको फाईदा उठाउदै जित हात पार्न सफल भएको बताए । प्रतियोगिता अन्तर्गत भोलिको अन्तिम प्रि क्वाटरफाईनल खेल मनाङ मस्र्याङदी क्लब र भारतको कञ्चनजंघा एफिसी बिच हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: