१७ जना सहसचिव सचिवमा बढुवा, यस्ता छन् मन्त्रिपरिषदको निर्णय

Share:

काठमाडौं, माघ २२ । सरकारले १७ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले सहसचिवहरुको बढुवा र पदस्थापन गरेको हो ।

बैठकले श्रीधर सापकोटा, सुरेश आचार्य, प्रेमकुमार राई, खुमराज पुञ्जाली, दिनेश थपलिया, विजयकुमार मल्लिक र नवराज भण्डारीलगायतलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता एवं सन्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए ।mantriparisad-final-final7

यसअघि बढुवा सिफारिस समितिले सचिवमा बढुवाका लागि ४२ जना सहसचिवको नाम सिफारिस गरेको थियो ।

यस्तै, मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रियस्तरमा भएका विभिन्न खेलमा सहभागी भएका नेपाली खेलाडीलाई प्रोत्साहनस्वरुप केही रकम दिने निर्णयसमेत गरेको छ ।

यस्तै, बैठकले माघी महोत्सव गर्नका लागि थारु कल्याणकारी सभा र मगर संघलाई ५–५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

बैठकले तमु गुरुङ समुदायको भवन निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: