फाइटर जेटमा बसेर जोर्डनका राजा आफैले आईएसविरूद्ध युद्ध लड्ने

Share:

काठमाडौ, २२ माघ / आईएसआईएसद्धारा आफ्नो पाइलटलाई जिउँदै जलाएपछि निकै आक्रान्त र आक्रोशित भएको जोर्डनले उक्त आतंकवादी संगठनको जरादेखी नै निमिट्यान्न पार्ने कसम खाएको छ । यसै क्रममा जोर्डनका राजा अब्दुल्ला २ ले आईएसआईएसको नियन्त्रित क्षेत्रमा हवाई हमलाको नीजि रूपमा नै नेतृत्व गर्ने फैसला गरेका छन् ।

केही सञ्चारमाध्यमहरूका अनुसार हवाई हमलाका क्रममा राजा अब्दुल्ला पनि विमानमा रहनेछन् । सत्ता सम्हाल्नुअघि किंग अब्दुल्ला जोर्डनको स्पेशल फोर्समा मेजर जनरल थिए । अब्दुल्ला एक ट्रेण्ड कोबरा अट्याक हेलिकप्टर पाइलट पनि हुन् । उनी सन् १९८० मा ब्रिटेनको रोयल मिलिट्री एकेडेमीमा तालिमका लागि भर्ना समेत भएका थिए र पछि ब्रिटिश सेनामा सेकेण्ड लेफ्टिनेन्टका रुपमा तैनाथ रहेका थिए ।

जोर्डनका एक लेखकले स्थानीय सञ्चारमाध्मयहरूलाई उदृत गर्दै बुधबार गरेको ट्वीटमा राजा अब्दुल्ला नीति रूपमा नै उडान भर्नेछन् र आईएसआईएसविरूद्ध हमलाको नेतृत्व गर्ने जनाएका छन् । मध्यपूर्वी क्षेत्रका जानकार जोसेफ ब्राउडले पनि जोर्डनका राजा अब्दुल्ला आईएसआईएसको नियन्त्रित तथा बसोबास क्षेत्रमा हमलाका क्रममा विमानमा सवार हुनेछन् । बुधबार जोर्डनले हवाई हमलामा आईएसका ५५ आतंकी मारिएका थिए ।

विमानचालक जलाएको घटनापछि जोर्डनका राजा अब्दुल्लाले बदला लिने कुरा गर्दै एक हलिउडको सम्वाद बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: