
रञ्जन अधिकारी पोखरा २२ माघ /समाज सुसूचित गर्न दिनरात नभनी काममा खटिने पत्रकारले काम गरे अनुसारको पारिश्रमिक जबसम्म पाउँदैनन्, यस क्षेत्रको समस्या उस्तै रहने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पत्रकारिता क्षेत्रका विविध खालका चुनौतिको सामना गर्न पत्रकार नै सक्षम बन्नुपर्ने पहिलो आवश्यकता रहेको भन्दै उनीहरुले राज्यले समेत पत्रकारको हकहितका सवालमा सोच्नुपर्नेमा जोड दिए ।
प्रेस चौतारी नेपालको १७ स्थपना दिवशको अवसरमा विहीबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पोखराको पत्रकारीता र चुनौति विषयक अन्र्तक्रियामा बक्ताहरुले पछिल्लो समयमा नयाँ नयाँ प्रविधिको पहुँच विस्तार भए संगै चुनौतिहरु समेत थपिएकाले पत्रकारहरुले पनि समयानुरुप आफ्नो क्षमता विस्तार गर्नुपर्ने धारणा राखे । राज्यले पत्रकारीतालाई राज्यको चौथो अंगको रुपमा लिने गरेको भएपनि त्यस अनुरुप पत्रकारको समस्या समाधानका लागि केहि नगरेको भन्दै आक्रोस समेत पोखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एमाले कास्कीका सचिव दामोदर बैरागीले समाज रुपान्तरणका लागि प्रेस चौतारीका सदस्य क्रियाशील हुनुपर्ने वताए । ‘कुन दल सहि, कुन गलत तथा कस्को एजेण्डा सहि भन्ने विषयमा पनि अव खुलेर लाग्नुपर्ने हुन्छ ’ बैरागीले भने– ‘गलत प्रवृति आÇनै पार्टीमा भएपनि त्यसबारे बोल्नलेख्न सक्नुपर्छ ।’
सञ्चार केन्द्र पोखराका प्रमुख राम प्रसाद तिमिल्सिनाले पत्रकारका समस्याको समाधान गर्न आफुहरुले के गर्नुपर्ने हो, क्षमताले भ्याएसम्म साथ दिने बताए । उनले सबै पत्रकारलाई आफ्नो अधिकारका लागि राज्यबाट वितरित परिचयपत्र लिन समेत आग्रह गरे ।
सो अवसरमा अवधारणा पत्र पेश गर्दै कास्कीका अग्रज पत्रकारहरु बद्रिविनोद प्रतिक र पुण्य पौडेलले राज्यले पत्रकारहरुको आवश्यक सीप र क्षमता विस्तार गर्न नसक्ने हो भने अहिले खुलेका विभिन्न सोसियल मिडियाले पछाडि परिदिने वताए । त्यसलाई चिर्न उचित पारिश्रमिक आवश्यक भएको उनीहरुको भनाई रहेको थियो ।
कार्यक्रममा अग्रज पत्रकार नारायण कार्की, प्रेस चौतारी गण्डकी अञ्चल इन्चार्ज हरी बाँस्तोला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुस्मा पौडेल, एड्भोकेसी फोरमका सराला पाण्डे लगाएतले सो अवसरमा पोखराको पत्रकारीता र यसमा देखिएका चुनौतिहरुको बारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव माधव बरालले गरेका थिए ।
सत्य न्यायका पक्षमा यथार्थको उद्घाटन गर्नुका साथै सञ्चार माध्ययमहरुको व्यवसायिक तथा संस्थागत विकासमा सहयोग पु¥याउने उद्देस्यले वाम प्रगतिशील पत्रकारहरुको एउटा साझा चौतारी आवयकता बोध गरी वि.सं. २०५५ मंसिर ७ गते बसेको प्रगतिशील पत्रकारहरुको दोस्रो विस्तारित भेलाले विजय चालिसेको अध्यक्षतामा १२ सदस्यीय रहेको तदर्थ कार्यसमितिको गठन गरेर प्रेस चौतारीको स्थापना गरिएको थियो। त्यसपछि २०५६ साल माघ २२ गते काठमाण्डौमा भएकोे प्रथम अधिवेशनलाई आधार मानेर हरेक माघ २२ लाई प्रेस चौतारी स्थापना दिवसको रुपमा मनाईदै आएको छ । प्रेस चौतारीका हाल ७४ वटा जिल्लामा आÇना शाखाहरु रहेका छन् भने ४ हजार भन्दा बढि पत्रकार प्रेस चौतारीमा आबद्ध रहेका छन् ।

