२५ वर्षपछि निगमको नयाँ एयरबस काठमाडौंमा

Share:

माघ २५ काठमाडौं / नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय उडानका लागि झन्डै २५ वर्षपछि नयाँ एयरबस आइतबार अपरान्ह काठमाडौं आइपुगेको छ। नयाँ एयरबस अपरान्ह साढे ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

नयाँ एयरबस उत्रेपछि एयरपोर्टमा भब्य स्वाग गरिएको छ । नयाँ एअरबस लिन नागरिक उड्यन तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यको नेतृत्वमा उच्च सरकारी टोली फ्रान्स पुगेको थियो । पर्यटनमन्त्रीसहितको सरकारी टोली नयाँ एअरवसमा चढेर काठमाडौं आएको हो ।

युरोपको एअरबस कम्पनीले फ्रान्समा निर्माण गरेको ए ३२-२०० सिरिजका दुईवटा जहाजमध्ये एउटा जहाज नेपाल आएको हो ।

निगमले दुईवटा जहाज ल्याउन एअरबससँग सम्झौता गरेको थियो। दुई महिनाभित्र अर्को जहाज आउने तयारी छ। निगमले ल्याउन लागेको जहाजमा एक सय ५८ सिट क्षमता रहेको छ। निगमका प्रवक्ता रामहरी शर्माका अनुसार पचास घन्टाको उडानपछि मात्र एयरबसको उडानको जिम्मा सम्पूर्ण रूपमा नेपाली पाइलट टोलीले लिनेछ।

निगमले कर्मचारी सञ्चय कोषबाट १० अर्ब ऋण लिएर न्यारोबडीका दुईवटा जहाज खरिद गर्ने निर्णय गरेको थियो। गतवर्ष चैतमा भएको सम्झौता अनुसार एउटा जहाजको मूल्य सात करोड ५० लाख अमेरिकी डलर पर्ने छ।

नेपालको भुबनोटका लागि समेत अनुकुल हुने गरी तयार गरेर ल्याइएको नयाँ एयरबस कम इन्धन खपत कम गर्ने र उडान पद्दती डिजिटल प्रणालीबाट हुने निगमका अधिकारीले बताए। निगमसँग अहिले अन्तराष्ट्रिय उडानका लागि दुईवटा बोइङ छन्। तर एउटा मात्रै चालु अवस्थामा छ।

कमेन्ट गर्नुहोस्
Share: