
पोखरा, माघ २४ गते / पोखराबाट पठन संस्कृतिको विकासका लागि व्रिmयाशील ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले वर्षको उत्कृष्ट पुस्तकलाई दिने गरी एक लाख रुपैयाँको अक्षय कोष घोषणा गरेको छ ।
हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सोसाइटीले सोही कार्यव्रmमको स्वर्ण शृङ्खलाको अवसरमा शनिबार आयोजित कार्यव्रmममा अध्यक्ष गनेस पौडेलले सो पुरस्कारको घोषणा गर्नुभएको हो । पुरस्कारको अवधारणाबारे प्रष्ट पार्दै पौडेलले २०७२ वैशाखदेखि चैतभित्र प्रकाशित कृतिहरुमध्ये पाठकले नै छानेका उत्कृष्ट किताबलाई २०७३ देखि पुरस्कार दिइने बताउनुभयो । जम्मा १० हजार जनालाई मतदाता सूचीमा सूचीकृत गरी तिनैका मत र विशेष निर्णायक मण्डलको निर्णयका आधारमा पुस्कार दिइने उहाँले बताउनुभयो ।
सोही कार्यव्रmममा सोसाइटीका संस्थापकहरु राजेन्द्र चापागाईँ ‘आहत’, नगेन्द्र भण्डारी, कृष्ण केसी, डा. यमबहादुर पौडेल क्षेत्री, दुर्गाबहादुर शाह ‘बाबा’, चेतभक्त सुवेदी ‘आकास’लगायतलाई सम्मान गरिएको थियो ।
कार्यव्रmममा कुमार नगरकोटीको नयाँ कृति अक्षरगञ्जको परिचर्चा गर्दै युवा लेखक राजन गोदारले कुमार नगरकोटी एक नयाँ शैलीमा लेख्ने हस्तक्षेपकारी लेखक भएको बताउनुभयो । लेखक नगरकोटीले आफू कुनै बन्धनभित्र बाँधिने लेखक नभई स्वाभाविक रुपमा आएका भावनालाई ¥याण्डम रुपमा प्रस्तुत गर्ने ¥याण्डम राइटर भएको बताउनुभयो । नेपाली भाषालाई भ्रष्टीकरण गरेको आरोपको खण्डन गर्दै नगरकोटीले आफूले अङ्ग्रेजीलगायतका भाषाको प्रयोग गर्दा नेपाली भाषाको भण्डार नै समृद्ध हुने तर्क गर्नुभयो ।
कार्यव्रmमका प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले कुमार नगरकोटी एउटा खोलाजस्तै स्वच्छन्द लेखकका रुपमा आफूले चिनेको बताउनुभयो ।
