दिल्ली विधानसभा चुनावमा प्रविधि चर्चा

Share:

एजेन्सी नयाँ दिल्ली, माघ २४ / भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार भईरहेको मतदान सामाजिक सन्जालमा पनि छाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सबेरै ट्वीटरमार्फत मतदानमा सहभागी हुन आग्रह गरेका थिए।

त्यस्तै आम आद्मी पार्टीबाट मुख्यमन्त्रीका उम्मेद्वार अरबिन्द केजरीवालले पनि ट्वीटरबाट मतदानमा सहभागी हुनआग्रह गरेका छन्। सोसल मिडियामा चर्चित दुवै नेताले मात्र होइन, कैयौं मतदाताले मतदान गरेपछी सेल्फी खिच्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।कतिपय भारतीय सञ्चारमाध्यमले मतदान गरेका तस्वीर पठाउँन पनि अग्रह गरेका छन्।

शनिवारको मतदानमा ७० सिटका लागि ६७३ उम्मेद्वार मैदानमा उत्रेका छन्। यसअघि मुख्यमन्त्री बनिसकेका अरविन्द केजरीवाल र भाजपाकी उम्मेद्वार किरण वेदीबीच मुख्य मन्त्री पदमा कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।  फेव्रअरी १० मा चुनावी नतिजा आउनेछ।

कमेन्ट गर्नुहोस्
Share: