सुदूरपश्चिम आहा–रारा गोल्डकपको सेमिफाइनलमा, अल्डरसट क्वार्टरफाइनलबाटै बाहिरियो

Share:

२६ माघ, काठमाडौं । सुदूरपश्चिमान्चल फुटबल क्लब कैलाली पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनलमा एल्टरसट टाउन फुटबल क्लबलाई ३–० ले हराउँदै कैलालीले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा सुदूरपश्चिमले तीनै गोल दोस्रो हाफमा गरेको थियो । ६२ औं मिनेटमा सुनिल बलको गोलबाट अग्रता लिउको सुदूरपश्चिमका लागि ८१ औं मिनेटमा हेमन्त थापा मगरले गोल गरे । खेलको ८७ औं मिनेटमा दीपेश राजवंशीले गोल गरेपछि सुदूरपश्चिम ३-० ले जित निकालेको छ ।

निकै अनुशासित खेलमा रेफ्रीले एउटा पनि पहेंलो कार्ड देखाएनन् । यसअघि सिमराको नव जनजागृति युवा क्लबलाई १–० ले हराउँदै नेपाल पुलिस क्लब अन्तिम चारमा पुगिसकेको छ । तेस्रो क्वार्टरफाइनलमा मंगलबार थ्रीस्टार क्लबले झापा–११ सँग खेल्नेछ । झापाले प्रिक्वार्टरफाइनलमा जगदम्बा लुम्बिनी फुटबल क्लब बुटबलाई हराएको थियो भने थ्रीस्टारले सीधै क्वार्टरफाइनलमा ठाउँ बनाएको हो ।

सन् २००८ देखि ०१३ सम्म फुटबल लिग टु खेलेको अल्डरसट २०१२-१३ को सिजनमा रेलिगेशनमा परेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: