आज प्रणय दिवस

655
0
Share:

फागुन २-
१४ फेब्रुअरी अर्थात प्रणय दिवस आज विश्वभर आफन्त परिवार, साथीभाइलाई उपहार, गुलावको फूल दिई एक आपसमा प्रेम साटासाट गरी मनाईंदैछ । विशेषगरी प्रणय दिवसको दिनलाई प्रेम अभिव्यक्त गर्ने दिनका रुपमा लिईन्छ ।
यो दिन अभिव्यक्त गरिएको प्रेम सफल हुन्छ भन्ने विश्वास रहि आएको छ । प्रणय दिवस पश्चिमा संस्कृति भएपनि केहि वर्ष यता नेपालमा यो दिवसप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । मायाप्रेमलाई आत्मिय सम्बन्ध मानिए पनि पछिल्ला समयमा विकृतितर्फ उन्मूख भैरहेको छ ।
ईशापूर्वकालमा इटलीका तत्कालिन शासक क्लाउडियसको तानाशाहीको विरोधमा उत्रिएका प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । प्रेम र मानवताका अनुयाई भ्यालेन्टाईनको सम्झनामा हरेक वर्षको १४ फेब्रुअरीमा यो दिवस मनाईन्छ ।

कमेन्ट गर्नुहोस्
Share: