
माधब पनेरु पोखरा, फागुन २ / पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय बिमानस्थल र्निमाणमा देखिएको मुआब्जा बिबाद अन्त्य भएको छ । यस अघि मुआब्जा बितरणको लागि सरकारी मापदण्ड अनुसार दिने आयोजनाको तयारी जग्गादाताहरुले ईन्कार गरेका थिए ।
पोखरामा क्षेत्रिय अन्र्तराष्ट्रीय बिमानस्थल र्निमाणमा तोकिएको मापदण्डका आधारमा मुआव्जा लिन आउन गरिएको आब्हान अनुसार जग्गादाताहरुले मुआब्जा लिने प्रकृया सुरु भएको पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय बिमानस्थल र्निमाण उच्चस्तरिय सहयोग समितिका संयोजक रबिन्द्र अधिकारीले जानकारी दिए ।
समितिको शनिबार बसेको बैठकमा मुआब्जा दिनको लागि तोकिएको मापदण्ड अनुसार भएका केही प्राबिधिक कठिनाईहरु समाधान गर्ने प्रमुख अधिकारीले नापी, मालपोत र पोखरा उप–महानगरपालिकालाई र्निदेशन गरेका छन । बैठकमा अधिकारीले कडा शब्दमा उपस्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुलाई निेदेशन दिएका छन । उनले दाताहरुलाई मआब्जाको बिषयमा कुनै झन्भट नपारीकन बितरणको ब्यबस्था गर्न र्निदेशन दिए ।
बैठकमा अहिले सम्म भएका प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । नेपाल सरकारबाट आबस्यक प्रकृया सकिएकोले अब लोन संयोजन समिती र्निमाण पछि फागुनको करिव दोस्रो साता शिलान्यासको काम हुने सो अबसरमा जानकारी दिईयो । बैठकमा सहभागिहरुले सरकारी कामका कारण कुनैपनि प्रकृया रोक्न नहुनेमा जोड दिएका थिए ।
