१३ औं आहारारा गोल्डकपको उपाधि थ्रीस्टारलाई, मनाङ तेस्रो पटक पनि पराजित, सन्तोषको निर्णायक गोल, विजय सर्वोत्कृष्ट

Share:

दिननाथ बराल पोखरा, २ फागुन /थ्रि स्टार क्लवले १३ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । एक महिना अघि पोखरा रंगशालामा उपाधि नजिकै पुगेर पनि उपाधि विमुख बनेको थ्रीस्टारले आजको मौका भने खेर फालेन । गत वर्ष पनि उपविजेता बनेको मनाङले यस वर्ष पनि उपविजेतामै चित्त बुझायो ।

चिरपरिचित प्रतिद्वन्दी मनाङ मस्र्याङदी क्लव माथि १–० गोलेका कठिन जित हासिल गर्दा उसले यसअघि फाईनलमा भएको भेटमा प्राप्त गरेको नतिजालाई पनि कायम राख्न सफल भएको छ । थ्रीस्टारको उपाधि जित्ने यात्रामा सन्तोष साहुखलको २२ औं मिनेटमा विजय गुरुङको क्रसमा भएको गोल नै पर्याप्त बन्यो । पोखरा रंगशालामा शनिबार दश हजार भन्दा बढी दर्शकहरु माझ भएको फाईनल खेलमा आहा राराको ईतिहासमा मनाङ बिरुद्धको तीन वटै फाईनल खेलमै थ्रि स्टारले जित हासिल गर्न सफल बन्यो । थ्रीस्टारले यो सँगै चौथो पटक उपाधि जितेको छ । मनाङको भने चौथो पटक उपाधि जित्ने मौका खेर गयो ।

विजेताले थ्रि स्टारले उपाधि सहित ३ लाख ५१ हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता भएको मनाङले दुई लाख एक हजार प्राप्त गरेको छ । रन्जीत धिमालले बाँया साईडबाट प्रहार गरेको क्रस वल दाँया साईडबाट विजय गुरुङले हेड गरी मिलाएको वललाई सन्तोस साहुखलले पोष्टमा दिशा दिदा वलले जाली चुमेको हो । खेलको २७ औ मिनेटमा मनाङले कम ब्याक हुने राम्रो अवसर गुमायो । पेनाल्टी यरीया नजिकै पाएको वान भर्सेस वान वललाई डोडोजले रक्षापंति विट भएको अबस्थामा पोष्ट चार्ज गर्दा विपरित गोलरक्षक किरण चेम्जोङको खुट्टामा लागेर वल बाहिरिएको थियो ।

यी दुबै टिम विच गत बर्ष पोखरामा भएको सफल पोखरा कपको फाईनलमा मनाङले अतिरिक्त समयको आधारमा २–१ गोल अन्तरले थ्रि स्टार माथि जित निकालेकोे थियो । क्याराभान गोल्ड कप सहित ७ पटक आहा राराको फाईनलमा यात्रा बनाएको मनाङले ३ पटक उपाधि जितेको छ । त्यसै गरी बिशाल राई, शिव श्रेष्ठका केही प्रहार गोल हुन सकेन । थ्रि स्टारले पनि पाएक केहि राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा गोल अन्त्र फराकिलो पार्न सिकेन । पहिलो हाफ् पुरैजसो थ्रि स्टारको दबाबमा परेको मनाङले दोश्रो हापमा केहि सुधार गरी दबाब दिए पनि थ्रि स्टारका भरपर्दा रक्षा पंति सागर थापा, सन्दीर राई जस्ता खेलाडीहरु तगारो बने ।

मनाङका प्रशिक्षक राजुकाजी शाक्यले आफुहरुले लगातार सेमिफाईनल र फाईनल खेल खेल्नु परेकोले खेलाडीहरको रेष्ट कमी भएकोले पराजित हुनु परेको बताए । उनले भने “हामीले पनि पाएका केहि अवसर गोल हुन सकेन व्याड लग भयो ।” मनाङका प्रशिक्षक अन्जन केसीले आफुहरुका भरपर्दा तथा राष्ट्रिय खेलाडीहरुले राम्रो खेल प्रर्दशन गरेका कारण जित भएको बताए । उनले रक्षापंतिका खेलाडी तथा गोलरक्षकलाई बढी जितको जस दिएका छन ।
दोश्रो हापको ईन्जुरी समयमा थपिएको ४ मिनेटको सुरुमै दर्शकहरुले हुलदंगा गर्दै मैदानमा पानीका वोपत हान्न थाले पछि खेल ५ मिनेट स्थगीत भएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी थ्रि स्टारका बिजय गुरुङ घोषित भए । उनले एक थान टि.भि.एसको मोटरसाईकल पुरस्कार प्राप्त गरे । त्यसै गरी प्रतियोगितामा सर्वाधिक गोल कर्ताको उपाधि मनाङका अनिल गुरुङ र सुजल श्रेष्ठले बाँडे । उनीहरुले प्रतियोगितामा ३÷३ गोल गरेका थिए भने १५ हजार नगद पुरस्कार दुबैले बाँढेका हुन । प्रतियोगितामा उत्कृष्ट स्टाइकर मनाङका अनिल गुरुङ, उत्कृष्ट डिफेन्समा थ्रि स्टारका बिष्णु सुनार, उत्कृष्ट मिडफिल्डमा सुदुरपश्चिमाञ्चलका हेमन्त थापा, उत्कृष्ट गोलरक्षकमा थ्रि स्टारका किरण चेम्जोङ, उत्कृष्ट प्रशिक्षकमा थ्रि स्टारकै प्रशिक्षक अन्जल केसी घोषित भए । अनुशासित टिममा भने सुदुरपश्चिमाञ्चल घोषित भयो । विभिन्न विधामा पुरस्कृत भएकाहरुलाई ट्रफीका साथमा नगद १० हजार पुरस्कार प्रदान गरीएको छ ।

विजेता खेलाडीहरुको टिमलाई सम्सदीय विकास समितिका सभापति तथा सभासद रविन्द्र अधिकारी, एन्फाका उपाध्यक्ष ललीतकृष्ण श्रेष्ठ, क्लवका अध्यक्ष विरभद्र आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए । माघ २२ गते देखि सुरु भएको प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्
Share: