बिग एफ.एम द्धारा आयोजित एसएमएस एण्ड विन कार्यक्रमको पुरस्कार बितरण

Share:

पोखरा, फागुन २ अंग्रेजि नयाँ बर्ष २०१५ कोे अबसरमा पश्चिमाञ्चलको नम्बरवान एफ.एम. बिग एफ.एमले आयोजना गरेको  SMS & WIN कार्यक्रमका बिजेताहरुलाई पुरस्कार बितरण गरिएको छ ।  एक कार्यक्रमको आयोजना गरि छ जना बिजेताहरुलाई कार्बन मोवाईल बितरण गरिएको हो । अग्रेजि नयाँ बर्षको अबसरमा तिनदिन सस्म कार्यक्रम सञ्चालन भएको थियो ।

बिजेता बनेका शुस्मा राई, नबिन गायक ,शुदस्मु लामीछाने, सुस्मीता तिवारी, प्रकाश बस्ताकोटी, सुस्मिता भुर्तेलले मोवाई प्राप्त गरे ।  हरेक चाडपर्व तथा बिषेश अबसरमा स्रोताहरु लाई बिभिन्न खाले कार्यक्रमहरु लिएर आउने बिग.एफ.एमले अग्रेजी नयाँ बर्ष २०१५ लाई पनि स्रोता संगै मनाउने अभिप्रायले एस.एम.एस मार्फत सहभागिता जनाउने स्रोताहरु मध्येबाट लक्की स्रोता छनौट गरि मोवाईल प्रदान गरिएको एफ.एमले जनाएको छ ।

पुरस्कार बितरण समारोहमा कार्यक्रमका प्रायोजक एलाईड ईन्टरन्याश्नल कम्पनीका क्षेत्रिय मार्केटिङ्ग म्यानेजर गोबिन्द बस्यालले बिग एफ.एमले ब्यबशायिक रुपमा सहकार्य गर्ने अबसर दिएकोमा आभार ब्यक्त गरे । उनले एफ.एम संगको सहकार्य निरन्तर जारी रहने प्रतिबद्धता ब्यक्त गरे ।

बिग एफ.एम का अध्यक्ष महेश भण्डारीले स्रोता संग रमाउने अनि स्रोता सहभागिताबाट रडियो लाई अझ उचाईमा पु¥याउने हेतुले आफुहरुले निरन्तर यस्ता खाले कार्यक्रम ल्याईरहने बताए । हामिहरु स्रोतालाई सहभागि गराउने बिभिन्न खाले कार्यक्रम गरिरहने उद्धेश्यका साथ बार्षिक कार्यतालिका बनाएर काम गर्छो – उनले भने । अब केही दिनमा नेपाली नयाँ बर्षको अबसर पारेर अर्को नयाँ खालको कार्यक्रम ल्याउने भडारीले सो अबसरमा जानकारी दिए ।

कार्यक्रममा पुरस्कार प्राप्त गरेपछि बिजेताहरुको तर्फबाट नबिन गायकले एफ.एमले यस्ता खाले कार्यक्रमको आयोजना निरन्तर गरिरहेमा रेडियो सुन्ने मात्र नभई सहभागिता पनि जनाउन पाउने अबसर आउने बताए । बिग एफ.एमको प्रस्तुतीमा हाल शान्तिबन बाटिकामा जंगल फेस्टीबल भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: