
पोखरा, ६ फागुन / ‘भ्यालेन्टाईन डे’ को अवसर पारेर विग एफएमले आयोजना गरेको ‘बेकन प्रिमियर बेस्ट भ्यालेन्टाईन कपल’ कन्टेस्टमा पत्रकार यदुनाथ बञ्जरा र पारिजात खरालको जोडी सर्वोत्कृष्ट बनेको छ । दश जोडी मध्ये उनीहरु सर्वोत्कृष्ट बनेका हुन् ।
भ्यालेन्टाईन डे को दिन चर्चित युवा ज्योतिष हरिहर अधिकारीले यो जोडीलाई ज्योतिषिय आधारमा सर्वाधिक ‘लभ–केमेस्ट्रि’ मिलेको जोडी भएको घोषणा गरेका थिए । सर्वोत्कृष्ट जोडी घोषणा भएसँगै यदुनाथ र पारिजातको जोडीले नगद १५ हजार रुपैँया सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
फेबु्रअरी ४ देखि भ्यालेन्टाईन डे फेब्रुअरी १४ सम्म सञ्चालित गेम शो मा प्राप्त एसएमएस मध्ये हरेक दिन एउटा नम्बर लक्की ड्र गरी जोडी छानिएको थियो । छानिएका उत्कृष्ट १० जोडीमध्ये भ्यालेन्टाईन डे को साँझ लक्की ड्र मार्फत पत्रकारको जोडी सर्वोत्कृष्ट भएका हुन् । अन्तिम प्रतिस्पर्धाका लागि यदुनाथ बञ्जरा र कल्पना खराल (पारिजात), भुपेन्द्र र सुस्मा, सन्दिप र समिता परियार, जस्मिन पुन र दर्शन गुरुङ, साजन र आहना, सोनम र मिलन मगर, गीता र जीतेन्द्र केसी, सम्झना र मनिराज, ले.खनाथ र लिला, विशेष र दर्शनको जोडी छानिएका थिए ।सबै नौ जोडीहरुले पनि नगद एक हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गरेका छन् ।
दश दिनसम्म उत्कृष्ट दश जोडी छनौट गरिसकेपछि उनीहरुलाई अन्तिम फाईनल राउण्डमा पु¥याईएको एफएमका कार्यक्रम संयोजक संजोग बस्याल बताए । ‘स्रोताहरुको सहभागिता निकै राम्रो रह्यो ।’ उनले भने–‘माया गर्ने जोडीहरुबीच सम्बन्ध बढाउन एफएमले भुमिका खेल्न पाउँदा निकै खुशि लागेको छ ।’
माया गर्ने जोडीहरुकोे दिन ‘भ्यालेन्टाईन डे’ लाई स्रोताहरुसँगै रहेर बिशेष रुपमा विग एफएमले बर्षेनी मनाउँदै आएको छ । उत्कृष्ट जोडी घोषणापछि युवा ज्योतिष हरिहर अधिकारीले बिग एफएमले आयोजना गरेको पृथक कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गर्न पाउँदा खुशि लागेको बताए । ‘वास्तवमा गेम शो को लक्की ड्र मा छानिएका सबै पाँच जोडी नै उत्कृष्ट थिए ।’ उनले भने– ‘कुनै एक जोडीलाई छान्नुपर्ने भएकाले सबै कुरालाई आधार मानेर यो जोडीलाई उत्कृष्ट घोषणा गरिएको हो ।’
पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमको प्रस्तुतिमा भएको ईभेन्टलाई बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशनले मुख्य प्रायोजन गरेको थियो । प्रबन्ध निर्देशक रुद्रप्रसाद अर्यालका अनुसार कन्सल्टेन्सीले विद्यार्थीहरुलाई वैदेशिक अध्ययनका लागि परामर्श दिनुका साथै प्रोसेसिङको सेवा दिँदै आएको छ । विशेषगरि न्यूजिल्याण्ड, अष्ट्रेलियामा कन्सल्टेन्सीले विद्यार्थीहरुलाई अध्ययनको लागि पठाउँदै आएको छ ।
