इस्लामाबाद,फागुन ५ /पाकिस्तानको पूर्वीय सहर लाहोरमा मङ्गलबार अपराह्नमा शक्तिशाली बम विस्फोटन भएको छ । सो विस्फोटनमा ठूलो क्षति भएको अनुमान गरिएको छ । प्रारम्भिक समाचारअनुसार सो विस्फोटमा परी दुई व्यक्तिको मृत्यु भएको बताइएको छ ।
तरपनि त्यस विस्फोटमा परी कयाँै व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएको छन् । घाइतेको सङ्ख्या पनि यकिन हुन सकिरहेको छैन ।
लाहोर सहरमा रहेको एक प्रहरी केन्द्रको बाहिरी इलाकामा भएको यस विस्फोटनमा परी दुई सर्वसाधारणको मृत्यु हुनको साथै अन्य कयौ घाइते भएका सरकारद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
प्रहरी केन्द्रको बाहिरी इलाकामा रहेको कार पार्किङ्ग क्षेत्रमा सो विस्फोटन भएको जनाइएको छ । रासस/सिन्ह्वा ।
कमेन्ट गर्नुहोस्
