
माधव पनेरु चितवन, फागुन ७ / कास्कीको पोखरामा प्रधान कार्यालय रहेको किङ्ग्स ईन्स्टिच्युटले शैक्षिक नगरी चितवनमा पनि शाखा बिस्तार गरेको छ ।
शाखाको बिहिबार ईक्यान नेपालका केन्दीय अध्यक्ष राजेन्द्र बराल र प्रथम उपाध्यक्ष प्रकाश पाण्डेले रिबन काटेर उदघाटन गरे । उदघाटन समारोहमा अध्यक्ष बरालले शिक्षाको लागि चितवनका जनता सजग रहेको बताए । जवसम्म अभिभावकहरुले गुणस्तरीय शिक्षाको बारेमा चासो दिनुहून्न तवसम्म शिक्षामा गुणस्तर कायम गर्न नसकीने भन्दै उनले यो क्षेत्रका अभिभावकहरु सचेत रहेको स्पष्ट पारे । पछिल्लो समय सरकारले पनि कन्टल्टेन्सीहरुको अनुगमन सुरु गर्न लागेकोले सबैले आबस्यक मापदण्ड पुरा गर्न उनले आग्रह गरे । मापदण्ड नपुगे बन्द गर्नुपर्ने अबस्था आउने भएकाले केही समय पछि कति कन्सल्टेन्सी बन्द हुने र केहीले सोचे भन्दा राम्रो काम गर्न सक्ने उनको भनाई छ ।ईक्यानमा आबद्ध भएको सस्थाको छनौट गरि परामर्श लिएमा धोका नहुनेउनले स्पष्ट पारे ।
कार्यक्रममा ईक्यानका प्रथम उपाध्यक्ष प्रकाश पाण्डेले बैदेशिक शिक्षाका लागि आबस्यक परामर्शको मात्र नभई स्वेदेशमा समेत अध्ययनको लागि परामर्श चाहिने अबस्था आएका बताए ।
किंग्स ईन्स्टिच्युटका प्रबन्ध निर्देशक सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पब्लिक कलेज प्राध्यापक संघका केन्द्रिय कोषाध्यक्ष बालानाथ सिग्देल, ईक्यान चितवनका संयोजक जिबन रिजाल, ईक्यान चितवनका सस्थापक सोम कडेल, युवा ज्योतिस हरिहर अधिकारी, बिग एफ.एमका कार्यक्रम संयोजक सन्जोक बस्याल, ¥याडम रिडर्स सोसाईटि नेपालका अध्यक्ष गनेश पौडेल लगायतले चितवनमा सुरु भएको किङ्गसले ब्यबशायिक प्रतिष्पर्धा कायम गर्न सकोस् भन्ने शुभकामना दिए ।
करिब १२ बर्ष पोखरामा बिताएको किङ्गसले चितवनमा पहिलो शाखा बिस्तार गरेको हो । किङ्गसले अमेरीका, अष्टेलिया, न्युजिल्याण्ड, यु.के, आयरल्याण्ड र जापान अध्ययनको लागि आवस्यक पराशर्म दिने चितवन शाखाका म्यानेजर शुशिल घिमिरेले जानकारी दिए । किङ्गसले केही दिनमा नै शैक्षिक परामर्शको लागि बृहत सेमिनारको आयोजना गर्ने घिमिरेले जानकारी दिए ।
