
पोखरा, १० फागुन / स्पेनको इविजामा हुने द विगेष्ट ग्लोवल डिजे प्रतिस्पर्धाको एकसय स्थानमा पोखरा नयाँबजारका सन्देशकुमार श्रेष्ठ पर्न सफल भएका छन् । अन्तिम २० जनाको सूचीमा पार्नको लागि अनलाइन भोटिङ गर्न अनुरोध गरेका छन् । २० हजार प्रतियोगिबाट उनी एकसयमा परेका हुन् ।
२० जनामा पर्न सफल भएको खण्डमा स्पेनको इबिजा पुगेर एकवर्षसम्म प्रतियोगितामा भाग लिनेछन् । अन्तिम प्रतिस्पर्धामा विजयी भएको खण्डमा १० लाख युरो जित्ने बताइएको छ । २० वर्षिय श्रेष्ठले इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरबाट ओवरसिएर भ्याएका छन् ।
उनले फेसबुक मार्फत भोटिङ गर्न सबैलाइ अनुरोध गरेका छन् । ‘डिजेको लागि महत्वपूर्ण कम्पिटिसन हो, यसमा भोटिङ गर्नको लागि सबैलाइ अनुरोध गर्दछु ।’ उनले भने ।
डिजे प्रतिस्पर्धामा भाग लिनको लागि श्रेष्ठले एक गीत इमेलमार्फत पठाएका थिए । जसको आधारमा उनी एक सयजनामा परेका हुन् । उनले इलेक्ट्रो, कर्मशीयल, हिप पप अनि ¥याप गर्छन ।
भोट गर्नको लागि फेसबुकमा गएर वीयुआरएनआरइएआइडीइएनसिवाइ सल्यासडिजे ड्यास प्रोफाइल सल्यास२०१५सल्यास८५४ टाइप गर्नुपर्नेहुन्छ । नयाँबजार आमा समुह, नयाँबजार युवा क्लव, नेवाःखलः कास्की लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएको श्रेष्ठले जानकारी दिए ।

