विश्वकप क्रिकेटः भारत सामु दक्षिण अफ्रिका निरीह, १ सय ३० रनले पराजित

269
0
Share:

काठमाडौं, फाल्गुन १० / विश्वकप क्रिकेटमा साविक विजेता भारतले आक्रामण प्रदर्शनलाई कायमै राखेको छ । पहिलो खेलमा पाकिस्तानलाई ७६ रनले हराएको भारतले दोस्रो खेलमा विश्वकपको अभागी टिम दक्षिण अफ्रिकालाई एक सय ३० रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

अष्ट्रेलियाको मेलबर्नमा भएको खेलमा तीन सय आठ रनको चुनौती पछ्याउने क्रममा दक्षिण अफ्रिका एक सय ७७ रनमै समेटियो ।
फाफ् दु प्लेसिसले सर्वाधिक ५५ रन बनाएको इनिङ्गलाई सस्तैमा समेट्ने क्रममा रविचन्द्रन आश्विनले ४१ रन खर्चेर ३ तथा मोहम्मद शामी र मोहित शर्माले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ् गरेको भारतले शिखर धवनको शानदार सतकको मद्धतले ७ विकेट गुमाएर तीन सय सात रन बनायो । धवनले १ सय ३७ रन जोडे भने अजिन्या रहानेले ७९ रन बनाए । मोर्ने मोर्केलले २ विकेट लिए । विश्वकप अन्तर्गत सोमबार एउटामात्र खेल हुँदैछ । बिहान पौने ४ बजे न्यूजिल्याण्डको क्राइष्टचर्चमा इङ्गल्याण्ड र स्कटल्याण्ड भिड्दै छन् ।

यसअघिका खेलमा अष्ट्रेलिया र न्यूजिल्याण्डसंग पराजित भएको इङ्गल्याण्ड दबाबमा छ । स्कटल्याण्डले न्यूजिल्याण्डसंग हार बेहोरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: