पोखरामा शुक्रवारबाट हुने प्याराग्लाइडिङ प्रि – वल्र्डकपको तयारी पुरा

315
0
Share:

 पोखरा, १३ फागुन | पोखरामा फागुन १५ देखि सुरु हुने प्याराग्लाइडिङ प्रि–वल्र्डकपको तयारी पुरा भएको छ । आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले तयारीको बारेमा जानकारी दिएको हो ।

फागुन २१ गतेसम्म हुने प्रि—वल्र्डकपमा ३५ राष्ट्रका एक सय ५० प्यारा पाईलटहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक एवंं संस्थाका उपाध्यक्ष सोवित बानियाँले जानकारी दिए । नेपाली पाईलट ३० जनाको अपेक्षा गरिएपनि हालसम्म २० जनाले सहभागिताको लागि नाम दर्ता गराएको र बिहिवार सम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

बिभिन्न ४ बिधामा प्रतिश्पर्धा हुने प्रतियोगितामा १६ बिदेशी सहित दुई नेपाली महिला प्यारापाईलट पनि सहभागी हुदैछन् । प्रतियोगितामा आकस्मिक उद्दारका लागि तीन वटा टिम खटिने र हेलिकप्टरलाई तयारी हालतमा राखिने ‘ना’का महासचिब योगेश भट्टराईले जानकारी दिए ।

प्रतियोगिताको लागि ५३ लाख ५० हजार रुपैँया खर्च लाग्ने संस्थाका महासचिब वसन्तराज दवाडीले जानकारी दिए । प्रतियोगिता अवधिभर कुनैपनि ब्यबशायिक उडान नहुने उनले बताए ।
यसैबिच नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजना एबं र नेपाल हवाई खेलकुद संस्थाको सहयोगमा पोखराका पत्रकारलाई प्याराग्लाइडिङ खेलको रिपोर्टिङ सम्बन्धि तालिम सम्पन्न भएको छ । प्रतियोगिताको प्राबिधिक पक्षको बारेमा संस्थाका प्राबिधिक उपाध्यक्ष रविन गुरुङ र रसियाका इगोर टे«न्टिभले जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: