पोखरामा ‘बौलाहा काजीको सपना’

Share:

 पोखरा १४ फागुन | माउन्ट फायर ग्रुपले पोखरामा पहिलो पटक ‘बौलाहा काजीको सपना’ नामक नाटक प्रदर्शन गर्ने भएको छ । माउन्ट फायर मिडिया प्रा.लि को आयोजनामा यही फागुन १८ गते पोखराको सभागृह हलमा नाटककार बिजय मल्लद्वारा लिखित नाटक मञ्चन हुन लागेको हो ।

सुरज अधिकारीको निर्देशन रहने नाटकमा माउन्ट फायर ग्रुपका कलाकारहरु एभोनराज उप्रेती, कुमार सिंखडा, आदर्श घिमिरे, सुरज अधिकारी, रिजन थापा, रोज लामा, आदर्श खनाल, सुजन तामाङ, राजेश वुढाथोकी र सन्तकुमार राईले अभिनय गर्ने कलाकार कुुमार सिंखडाले जानकारी दिए ।

करिव १ घण्टा १५ मिनेटको उक्त नाटक फागुन १८ गते विहान ८ वजे, पूर्वान्ह ११ बजे र दिउँसो २ बजे गरी एकैदिन ३ पटक प्रदर्शन गरिने उनले बताए । नाटक हेर्नको लागि दर्शकले १ सय ५० रुपैयाँको टिकट काट्नुपर्ने ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: