आत्मघाती बाटोमा हिँड्न लागेको एमाओवादीलाई फर्काउन चाहन्छौंः ज्ञवाली

298
0
Share:

रञ्जन अधिकारी पोखरा, १६ फागुन / नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आन्दोलित विपक्षी मोर्चालाई सहमतीमा आई संविधान निर्माण प्रक्रियामा मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले काँग्रेस एमाले सहमतीय प्रक्रियाकै पक्षमा रहेको जनाउँदै पेलेर जाने मनशाय नभएको बताए । उनले संविधान निर्माण गर्न शुद्ध मन लिएर आए मिलेरै जाने बताए ।  उनले एकीकृत माओवादीले शनिबार खुल्ला मञ्चमा गरेको शक्ति प्रदर्शन निरर्थक रहेको बताउँदै आत्मघाती बाटोमा हिँड्न लागेको एमाओवादीलाई आफूले फर्काउन चाहेको बताए । …….. आवाज

एकीकृत माओवादीका नेता बाबुराम भट्टराई पछिल्लो समयमा शान्ति संविधान विरोधी गतिविधिमा लागेकोमा आफू आश्चर्यचकित भएको बताए । … आवाज

एमाओवादी नेता बाबुराम भट्टराई शनिबार नै भारत जाने विषयमा सोधेको प्रश्नमा सचिव ज्ञवालीले बाह्य चासो रहेपनि भारतले माओवादीलाई बोकेर हिँड्छ भन्ने पक्षमा आफू नरहेको बताए । उनले प्रश्नावली समिति सहमतिको बाधक नभएको पनि बताए । …… आवाज

कमेन्ट गर्नुहोस्
Share: